२०८२, २५ पुस शुक्रबार

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित

विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित


काठमाण्डौ । विश्वका २५ करोड बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार विश्वभर २५ करोड जना भन्दा धेरै बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । दक्षिण एसियामा ३ करोड ५० लाखभन्दा धेरै बालबालिका उमेर अनुसारको पूर्व प्राथमिक शिक्षामा उपस्थित छैनन् ।

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनिसेफको प्रतिवेदनअनुसार पूर्वप्राथमिक शिक्षाबाट वञ्चित बालबालिकाको सङ्ख्या बढेका देशहरू ठूलो असमानताबाट ग्रसित छन् । न्यून आय भएका देशहरूमा पाँच जनामध्ये एक जना मात्र पूर्वप्राथमिक शिक्षामा भर्ना भएका छन् ।

सन् २०२१ देखि विद्यालय शिक्षाबाट वञ्चित बालबालिकाको संख्या घट्नुको सट्टा बढ्दै गएको र दुई वर्षमा विद्यालय नजाने बालबालिकाको संख्या ६० लाख जनाले बढेर २५ करोड पुगेको उल्लेख छ । विद्यालय नजानुमा युद्ध, आमाहरुको शिक्षाको स्तर, विद्यालय टाढा हुनु लगायतका कारण उल्लेख भए पनि गरिबी नै सबैभन्दा ठूलो निर्णायक कारक हो ।

प्रतिवेदनका अनुसार अफ्रिकाका ९ करोड ८० लाख जना बालबालिका अझै पनि विद्यालय बाहिर छन् । मध्य र दक्षिण एसियामा विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या झण्डै ८ करोड ५० लाख जना रहेको छ । यी नतिजाहरू हेर्दा संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्ममा सबैका लागि राम्रो शिक्षा दिने लक्ष्य जोखिम बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ३ : ४३ बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको