२०८२, २५ पुस शुक्रबार

शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति आयोगको गम्भीर ध्यानाकर्षण

शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति आयोगको गम्भीर ध्यानाकर्षण


काठमाण्डौ । शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै देशैभरका विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाण्डौमा आन्दोलन गरिरहेकोप्रति मानव अधिकार आयोगले आज विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शिक्षकले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै भए पनि विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शिक्षाको अधिकारको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ । शिक्षकको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पुगेको आयोगको भनाइ छ ।

आयोगले आफ्ना माग राख्न विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ । यस्तै आयोगले शिक्षकका जायज माग वार्ताबाट सम्बोधन गर्न सरकारको समेत ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रकाशित मिति : २०८०, ४ आश्विन बिहीबार  ६ : ४८ बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको