२०८२, १० फाल्गुन आईतबार

१ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न औषधि विभागको निर्देशन (सूचीसहित)

१ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न औषधि विभागको निर्देशन (सूचीसहित)


काठमाण्डौ । सरकारले एक सय तीन प्रकारका एन्टिबायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिकको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उहाँले ती एन्टिबायोटिकको प्रयोग गर्न औचित्य नभएको समेत बताउनुभयो ।

‘डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका एन्टिबायोटिकको सूची प्रकाशन गरेको छ’, उहाँले भन्नुभयो, ‘ती औषधि न दर्ता गर्छौँ न प्रयोगका लागि अनुमति नै दिन्छौँ ।’ उहाँका अनुसार एक सय तीनमध्ये १३ प्रकारका एन्टिबायोटिक भने दर्ता गरिएका छन् ।

विभागले त्यस्ता एन्टिबायोटिकको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरूप एन्टिबयोटिकबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ ।

महानिर्देशक ढकालले एन्टिबयोटिकलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधीको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्नरनगराउन निर्देशन दिएको बताउनुभयो ।

विभागमा दर्ता भएका र नभएका तथा डब्ल्यूएचओबाट सिफारिस नगरिएका एन्टिबायोटिकको सम्मिश्रणहरू र ती एन्टिबायोटिकको सम्मिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ÷दर्ता, थप÷नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता एन्टिबायोटिकको सम्मिश्रणको उत्पादन अनुज्ञापत्र, बजार बिक्री वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नवीकरण नगर्ने निर्णय गरिएको छ ।

विभागमा दर्ता भएका त्यस्ता प्रकारका एन्टिबायोटिकको कच्चा पदार्थ तथा प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेस गर्ने र निर्णय मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधिको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि एन्टिबायोटिकको थप आयात नगर्न अनुरोध गरिएको छ ।

यस्तै विभागमा दर्ता भएका १३ प्रकारका एन्टिबायोटिक मौज्दात रहेका अवस्थामा भने छ महिनासम्म मात्र बिक्री वितरण गर्न दिने विभागका महानिर्देशक ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका एन्टिबायोटिक एवम् सम्मिश्रणको हकमा निर्णय भएको मिति अर्थात् यही भदौ १८ गतेदेखि बढीमा छ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ५ : ३४ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको