२०८३, १२ आश्विन मंगलबार

पानी नपर्दा गर्मी बढ्यो

पानी नपर्दा गर्मी बढ्यो


काठमाण्डौ । पानी नपर्दा गर्मी बढ्न थालेको छ । मनसुनकै अवधिमा रहे पनि केही समययता जमिन भिज्ने गरी पानी परेको छैन । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि धेरै ठाउँमा पानी परेको छैन ।

आज पनि पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

कोशी, बाग्मती र मधेस प्रदेशमा भने फाट्टफुट्ट मात्रै पानी पर्ने उहाँले बताउनुभयो । लगातारजसो घाम चर्किँदा देशभर फेरि अधिकतम तापक्रम बढ्न थालेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्न थालेको छ । यस्तै, जनकपुर, धनगढी र भैरहवाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस छ ।

यसैबीच, यसपालि मनसुनमा पनि प्रि(मनसुनको जस्तो गतिविधि देखिएको छ । मनसुनमा पनि प्रि(मनसुनको मेघगर्जनसहित चट्याङ परिरहेको छ । मनसुनसँगै स्थानीय वायुको प्रभाव पर्न थालेकाले मेघगर्जनसहित चट्याङ पर्न थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अझै एकरदुई दिनको मौसम यस्तै रहेने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  १२ : ५१ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय