२०८३, ८ बैशाख बुधबार

भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी

भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी



काठमाण्डाै । भारतको केरला राज्यमा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि चेतावनी जारी भएको छ ।

केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले राज्यभर चेतावनी जारी गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । केरलामा सन् २०१८ यता अहिले चौथो पटक निपा भाइरस प्रकोप फैलिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण सुँगुर वा चमेरोबाट मानिसमा सर्ने जुनोटिक रोग हो । यो भाइरस मानिसबाट मानिसमा पनि सर्छ । यो रोगको औषधि र खोप छैन तर मृत्युदर भने उच्च छ । केरलामा सन् २०१८ मा १८ जनामा निपा भाइरस सङ्क्रमण पुष्टि भएकोमा १७ जनाको ज्यान गएको थियो ।

रोग लागे पनि धेरैलाई लक्षण देखिँदैन । कडा खालको लक्षण देखिएकाहरुलाई लक्षण अनुसारको उपचार गर्ने र हेरचाह गर्ने गरिन्छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले सङ्घीय सरकारले केरला राज्यमा निपा भाइरस प्रकोपको आकलन गर्न र प्रकोप व्यवस्थापन गर्न राज्य सरकारलाई सहयोग पुगोस् भनेर एउटा विज्ञ टोली पठाएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  ११ : १५ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले