२०८३, १२ आश्विन मंगलबार

दाप्चामा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर

दाप्चामा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर



नमोबुद्ध । दाप्चा र नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित दाप्चा माध्यमिक विद्यालयमा मुटुरोग सम्बन्धी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । श्रीकृष्णजन्माष्टमीको अवसर पारेर नमोबुद्ध सेवा समाज, काठमाडौंको आयोजनामा मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ५४ जना लाभान्जित भएको आयोजक नमोबुद्ध सेवा समाजका अध्यक्ष विरेन्द्र लामाले जानकारी दिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा। अंगदमणि श्रेष्ठको नेतृत्वमा डा। शरद ओली, डा। तिलक पन्त, डा। सनी थापा, डा। उमेशप्रसाद यादव, डा। चन्दन कुशवाह लगायत स्वाथ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । मुटुरोग तथा अन्य रोग सम्बन्धी स्वास्थ्य परिक्षण तथा परामर्श, निशुल्क औषधी वितरण, निशुल्क इसिजी सेवा, निशुल्क प्याथोलोजी ल्याव साथै रगत, पिसाव निशुल्क परिक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरको नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले उद्धघाटन गरे । उनले आफ्नो जन्मभूमीको माया गरेर निशुल्क शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिदै यस्ता सामाजिक काममा नगरपालिका सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा वडा नं ८ का अध्यक्ष शेरबहादुर तामाङ, वडा न। १० का अध्यक्ष रामकृष्ण उपाध्याय, ११ का वडा अध्यक्ष कृष्णबहादुर तामाङ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, आयोजक संस्थाका पदाधिकारी लगायत स्थानीयको उपस्थिती थियो ।
कार्यक्रमको समापन गर्दै नगर उपप्रमुख रत्नबहादुर लामाले यस्ता सामाजिक कामको निरन्तरता अपेक्षा गरे । आयोजकले कार्यक्रममा सहयोग गर्ने सबै व्यक्ति र संस्थालाई प्रशंसापत्र प्रदान गरेको छ । जन्मभूमिको सेवा गर्ने उद्धेश्यले नमोबुद्धमा जन्मिएर देशका विभिन्न भागमा रहेका नगरवासीले सामाजिक संस्था दर्ता गरेका हुन् ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ९ : ४६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय