२०८३, १६ श्रावण आईतबार

३५ कलाकार पुरस्कृत गर्ने : पौड्याल र श्रेष्ठलाई दीर्घ साधना

३५ कलाकार पुरस्कृत गर्ने : पौड्याल र श्रेष्ठलाई दीर्घ साधना


काठमाडौं । चलचित्र विकास बोर्डले लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) र शिव सन्दुर श्रेष्ठलाई चलचित्र र्दीघ साधना सम्मानबाट सम्मानित गर्ने भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८० को सूची सार्वजनिक गर्दै पौड्याल र श्रेष्ठलाई र्दीघ साधना सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहकाबीच उक्त सम्मान वितरण गरिने भएको छ । साथै सोही समारोहमा चलचित्र विकास बोर्डले विभिन्न ३५ जना चलिचित्रकर्मीलाई सम्मान गर्ने जनाएको छ । विशेया योगदानबाट सम्मानित हुनेहरूमा अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, इन्द्रदेव चलचित्र मन्दिर, ऋषिराज आचार्य, ओम अग्रवाल, कमल प्रसाद शर्मा, कमलकान्त मैनाली, किरण केसी, कृष्ण प्रसाद पोखरेल, केदार प्रसाद पाठक, गौरीशंकर धुजु रहेका छन् ।
त्यस्तै, झरना थापा, ठाकुर प्रसाद ढुंगाना, बब्बु क्षेत्री, दयाराम दाहाल, प्रीतम गुरुङ, भुपेन्द्र कुमार खड्का, मनोज केसी, रमेश ढकाल, रामचन्द्र अधिकारी, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, विपन्न मल्ल, विमल पौडेल, विमला केसी, शिव परियार, शोभित बस्नेत, सन्तोष पन्त, सुदर्शन थापा, सुनयमान श्रेष्ठ, सुनिल पाण्डे, सुभाष प्रसाद गजुरेल, सुजास गिरी रहेका छन् ।

प्रकाशित मिति : २०८०, ९ भाद्र शनिबार  ११ : २२ बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली