२०८३, २९ भाद्र मंगलबार

सामी परियोजना रोशी गाउँपालिकाले नै सञ्चालन गर्ने

सामी परियोजना रोशी गाउँपालिकाले नै सञ्चालन गर्ने


रोशी ५ भदौ : सुरक्षित आप्रवासन परियोजना (सामी) रोशी गाउँपालिकाले आफै सञ्चालन गर्ने भएको छ । सिविक फोरम संस्थाको सहजीकरणमा गर्दै आएको परियोजना गाउँपालिका आफैले सञ्चालन गर्ने भएको हो ।

मंगलबार सेवाप्रदायक संस्था सिविक फोरमले रोशी गाउँपालिकालाई परियोजनाको कागजात हस्तान्तरण गरेका छन् । सिविक फोरमका प्रतिनिधि वसन्त कुवरले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङलाई परियोजनाको कागजात हस्तान्तरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा(ज्वाला)को उपस्थितीमा हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकार र स्वीस सरकारबीच सम्पन्न द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास–स्वीस इन्टरको अपरेशनसको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन ‘सामि’ परियोजना कार्यान्वयन २०७६ सालदेखि रोशीमा सञ्चालन हुदै आएको थियो ।

सो हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लामाले सेवा प्रदायक संस्थाले हस्तान्तरण गरेपनि आवश्यक सहयोग हुने छ भन्ने अपेक्षा गरेको बताए । ‘परियोजनाको कार्यक्रम राम्रो भएकाले आगामी दिनमा कार्यक्रम गर्दै जानेछौँ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘हामीलाई हस्तान्तरण भएपनि आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।’ परियोजनाको कागजात र तथ्यांकहरू हस्तान्तरण भएपनि सहयोग गर्नुपर्ने अवस्थामा सँधै सहयोग गर्ने सिविक फोरमका प्रतिनिधि कुवरले बताए ।

गाउँपालिकाले पहिलो पटक सामी परियोजनाको कार्यक्रम आफैले गर्न लागेकाले फोरमले सहयोग गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताए । परियोजनाले वडा–वडामा कार्यक्रम गर्दै आएका छन् । परियोजनाले बैदेसिक रोजगारीमा रहेका परिवारलाई वित्तिय साक्षरता सम्बन्धी तालिम, मनोसामाजिक परामर्श र बैदेशिक रोजगारीमा जानचाहने युवायुवतीहरूलाई आधारभूत तालि लगायतको काम गर्दै आएका छन् । कार्यक्रममा सिविक फोरमलाई गाउँपालिकाले मायाँको चिनो प्रदान गरेको थियो ।

प्रकाशित मिति : २०८०, ५ भाद्र मंगलबार  ९ : ३१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक