२०८३, २९ असार मंगलबार

नमोबुद्ध नगरपालिका ५ बर्षको विकास योजना तयार गर्दै

नमोबुद्ध नगरपालिका ५ बर्षको विकास योजना तयार गर्दै



भकुण्डेवेशी ४ भदौ योजनावद्ध विकास गर्न नमोबुद्ध नगरपालिकाले आवद्यिक नगर विकास योजना निर्माण थालेको छ । ‘कृषि, व्यापार र पर्यटन ः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले ५ बर्षको अवधीमा गर्ने विकासको योजना निर्माण थालेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए ।


‘जनताको आवस्यकता पहिचान पहिले नै गरेर त्यसकोे आधारमा विकास गर्ने हाम्रो योजना हो,’ नगर प्रमुख लामाले भने, ‘हामी थालेको पञ्चबर्षीय योजनाले अर्को कार्यकालको लागि आउने जनप्रतिनिधीलाई पनि सहज हुनेछ ।’ आवद्यिक नगर विकास योजनामा नगरको वस्तुस्थिती विश्लेषणसहित हालसम्मको विकासको समिक्षा, दीर्घकालिन सोच तथा लक्ष्य तथा समष्टिगत आर्थिक खाका समावेश गरिनेछ । उद्धेश्य, रणनीति, स्रोतको व्यवस्थापन, सरोकारवालाको भुमिका, स्रोत साधनको बाँडफाँड र परिचालनका आधारहरु समावेश गरिनेछन् । वडागत आयोजना बैंक तयार गरिनुका साथै विषयक्षेत्रगत आयोजनाहरुको लागत अनुमान समेत गरिएको परामर्शदाता बि.के महर्जनले बताए । यसअघि सरोकारवालाहरुको सहभागितामा नगर र वडास्तरमा समेत आवद्यिक नगर विकास योजनाको बारेमा अभिमुखिकरण गरिसकिएको छ ।

आइतबार नगरपालिकमा आयोजित कार्यशाला उद्धघाटन गर्दै नगरप्रमुख कुनसाङ लामाले सिमित श्रोत भएकोले माग सम्बोधन गर्नकै लागि योजनावद्ध विकास थालिएको बताए । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले योजना निर्माण गर्नु नै आधा काम भएको मानिने भन्दै आगामी योजना र बजेट आवद्यिक योजनाका आधारमा निर्माण हुने बताए । प्रशासकीय अधिकृत विनोद रसाइलीले आवद्यिक योजना निर्माण गरेर मात्रै काम गर्नुपर्ने कानूनमा स्पष्ट उल्लेख भएको भन्दै नगरले पहिलो पटक पञ्चबर्षीय योजना निर्माण गर्न लागेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नमोबुद्धका उपसभापति इन्द्रबहादुर दाहाल, माओवादी केन्द्रका उपाध्यक्ष नवराज अधिकारी, राप्रपाका नवराज सत्याल, एकिकृत समाजवादीका कृष्णबहादुर तामाङसहित वडाअध्यक्षहरु, कार्यपालिका तथा नगर सभा सदस्यहरु, कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०८०, ४ भाद्र सोमबार  ८ : ४८ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित