२०८३, १५ आश्विन शुक्रबार

रेडक्रस महासङ्घका महासचिव सी नेपालमा

रेडक्रस महासङ्घका महासचिव सी नेपालमा


काठमाडौँ, १८ भदौ नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आउनुभएको छ ।

महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान गरेको थियो ।

सो आह्वानसँगै महासचिव सीले नेपाल भ्रमण गरी भूकम्पपछिको रेडक्रसकर्मीले गरेका खोज, उद्धार तथा राहत तथा पुनःस्थापनाका बारेमा जानकारी लिनुभएको थियो । नेपाल रेडक्रस सोसाइटीको निमन्त्रणमा आउन लाग्नुभएका सीले विशेष गरी भूकम्पपछि सोसाइटीले गरेका मानवीय सेवा एवं अन्य विविध कार्यक्रमबारे जानकारी लिनुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसित महासचिव सीले द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उच्च सरकारी अधिकृत, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिलगायत नेपाल रेडक्रसका उच्च नेतृत्वसंँग महासचिव सीले द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको नेपाल रेडक्रसका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

सेनेगलका नागरिक महासचिव सी मानवीय सेवा र विकासका क्षेत्रमा ख्यातिप्राप्त हुनुहुन्छ । सञ्चार विभाग प्रमुख पौडेलका अनुसार सीले आफ्नो भ्रमणका क्रममा सिन्धुलीमा भूकम्पपछि भएका पुनःनिर्माणका गतिविधिबारे स्थलगत रुपमा अवलोकन गर्नाका साथै नेपाल रेडक्रसको स्थापनाको ५६ आँ स्थापना दिवस तथा अन्य कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

भूकम्पपछि नेपाल रेडक्रसले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास पुनःनिर्माण, सरसफाइ तथा खानेपानी, आयआर्जनलगायत क्षेत्रमा सहयोग गरिरहेको छ ।

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  १० : ०७ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र