२०८३, ९ आश्विन शनिबार

सरकारको घोषणा : विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन

सरकारको घोषणा : विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन

क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता


काठमाडौँ १५ जेठ :  सरकारले मृगौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ ।
यसका लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरिएको आगामी आर्थिक बर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् । यसका साथै अब मृगौला प्रत्यारोपण निःशुल्क गरिएको छ । जसका लागि १० करोड रुपैयाँ बिनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिएका छन् ।

सबै प्रादेशिक अस्पतालमा डाइसेसिस उपचारका लागि डाइलेसिस मेसिन दरिद गर्न २० करोड विनियोजन गरिएको छ भने ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइने पनि मन्त्री शर्माले जानकारी दिएका छन् । मेडिकल कलेजहरूले कम्तिमा बर्षमा २ पटक दुर्गम भेगमा निशुल्क स्वास्थ्य शिविर चलाउनुपर्ने नियम लागू गरिने छ भने स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन सामुदायिक र सहकारी अस्पतालमा उपचार गर्न पाउने ब्यवस्था बनाउने भएका छन् ।

सुदुरपश्चिम प्रदेशको अत्तरीया र कणरली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । रकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका मलागि दश अर्ब रकम छुट्ट्याएको पनि जनाएको छ ।

४० बर्ष माथिका नागरिकका लागि नजिकको अस्पतालमा नसर्ने रोगको एकपटक स्क्रिनिङ गर्न पाउने ब्यवस्था गरिने तथा शारिरीक तथा मानसिक पुनर्सथापनाकाागि हरेक प्रदेशमा एक पुनस्र्थापना केन्द्र स्थापना गर्ने मन्त्री शर्माले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६९ अर्ब ३८ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७९, १५ जेष्ठ आईतबार  ६ : २५ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा