२०८३, ७ भाद्र सोमबार

प्रधानसेनापतिको निर्णय विरुद्ध उपरथी कार्कीको ‘विद्रोह’

प्रधानसेनापतिको निर्णय विरुद्ध उपरथी कार्कीको ‘विद्रोह’

प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी


काठमाडौं ६ माघ :   नेपाली सेनाका उपरथी अनन्त कार्कीले आफूमाथि अन्याय भएको भन्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई समक्ष मंगलबार उजुरी नै दिएका हुन् ।

‘चेन अफ कमाण्ड’मा रहने सैनिक अधिकारीले संगठन प्रमुखको निर्णयविरूद्ध दिएको यो उजुरीले सेनाभित्र हलचल पैदा गरेको छ ।

नेपाली सेनाका तीन जना उपरथीमध्ये दुई जनाको पदावधि थप्दा आफूभन्दा कनिष्ठ उपरथीहरूको पदावधि थप्न सिफारिस गरिएपछि उपरथी कार्की प्रधानसेनापतिको निर्णय विरुद्ध उभिएका हुन् ।

नेपाली सेनाका तीन उपरथीमध्ये पहिलो नम्बरमा कार्की छन् । दोस्रो र तेस्रोमा क्रमशः सीताराम खड्का र तारा पाण्डे छन् । प्रधानसेनापति शर्माले कार्कीलाई पन्छाएर खड्का र पाण्डेको पदावधि थपको सिफारिस गरेपछि समस्या सुरु भएको हो ।

प्रधान सेनापति शर्माले पठाएको सिफारिस अहिले मन्त्रिपरिषदमा विचाराधीन छ। गत पुस ३० गतेको मन्त्रिपरिषदमा त्यसबारे छलफल भएको थियो।

उपरथी कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि उजुरीको बोधार्थ दिएका छन् ।

उपरथी कार्कीले ‘नेपालको संविधान, कानुन, विधिको शासन, मानवअधिकार, सैनिक सुशासन, सैनिक मूल्य मान्यताविपरीत विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रह र बदनियत राखेर मभन्दा जुनियर दुई जनाको पदावधि थपको सिफारिस गर्ने कार्य गैरकानुनी छ,’ भनेर उजुरीमा उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रतिरक्षा निर्माण समितिको कार्यालय जगनाथ देवलमा कार्यरत उपरथी कार्कीको पदावधि थप नभए उनी २५ माघमा अनिवार्य अवकाशमा जानेछन् । प्रधान सेनापतिपछि चौथो वरीयतामा रहेका उनी पदावधि थप भएको अवस्थामा आठ महिनापछि रथीमा बढुवा हुनेछन् ।

प्रकाशित मिति : २०७८, ६ माघ बिहीबार  ९ : ४८ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन