२०८३, १५ श्रावण शनिबार

ओमिक्रोनको लक्षण कसरी चिन्ने ?

ओमिक्रोनको लक्षण कसरी चिन्ने ?


जनकपुरधाम , ४ माघ :  विश्व स्वास्थ्य संगठनले उच्च ज्वरो, लगातार खोकी र गन्ध तथा स्वाद थाहा नपाउनेजस्ता लक्षणलाई कोभिडका मुख्य लक्षणको रूपमा परिभाषित गर्दै आएको छ । तर, तेस्रो लहर भित्र्याएको ओमिक्रोनको लक्षण डेल्टाको भन्दा फरक रहेको पछिल्ला सर्वेक्षणहरूले देखाएका छन् ।

अधिकांश संक्रमितमा घाँटी दुख्ने र टाउको दुख्नेजस्ता सामान्य लक्षण मात्रै देखिएका छन् । स्वाद वा गन्ध हराउने, ज्वरो आउनेजस्ता समस्या ५० प्रतिशतमा देखिएको बेलायतका वैज्ञानिकहरूको एक सर्वेक्षणले देखाएको छ । ढाड दुख्ने, थकित महसुस हुने, शरीर मन्द तात्ने, वाकवाकी लाग्ने, पखाला लाग्नेजस्ता लक्षण देखिएका छन् । रुघाखोकीको सामान्य लक्षण खोकि लाग्ने, घाँटी खसखस गर्ने हुन्छ ।

श्वास–प्रश्वासमा समस्या नहुँदा अधिकांशले यसलाई बेवास्ता गरिरहेको बताउँछन् वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन  ‘सामान्य लक्षण देखिनु सकारात्मक पक्ष हो, तर भाइरल लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या निम्तिन सक्छ,’ उनी भन्छन् ।

लक्षण सामान्य हुँदा विश्वमै बिरामीको अस्पताल भर्नादर निकै कम छ । नेपालमा दैनिक परीक्षणको आधारमा संक्रमणदर ३८.६ प्रतिशत पुगेको छ । तर, हालसम्म सक्रिय संक्रमितको आधारमा अस्पताल भर्नादर चार प्रतिशतभन्दा कम छ । सोमबारसम्मको विवरणअनुसार देशभर सक्रिय संक्रमितको संख्या ३० हजार आठ सय ७७ पुग्दा उपचारका लागि एक हजार एक सय ७२ जना मात्रै अस्पतालमा उपचाररत छन् ।

सामान्य लक्षण मात्रै देखिएकाले अस्पताल भर्नादर नबढेको डा. नीरज बम बताउँछन् । उनका अनुसार श्वास–प्रश्वासमा समस्या र निमोनियाका लक्षण निकै कममा देखिएको छ । नेपालमा मात्र नभई उच्च संक्रमण रहेको भारतमा समेत बिरामीको अस्पताल भर्नादर न्यून रहेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

 

प्रकाशित मिति : २०७८, ४ माघ मंगलबार  १ : २७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने