२०८३, १५ श्रावण शनिबार

६७२ मा कोरोना संक्रमण, ४९५ जना निको, आठको मृत्यु

६७२ मा कोरोना संक्रमण, ४९५ जना निको, आठको मृत्यु

१० हजार ३७५ जना सक्रिय संक्रमित


काठमाडौं, १० कात्तिक :   नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९,४९५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७,१६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २,३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ४९५ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा आठ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७७ हजार २०७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७८, १० कार्तिक बुधबार  ८ : ३१ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने