२०८२, १२ फाल्गुन मंगलबार

मण्डन देउपुरमा स्वास्थ्य चौकीको नयाँ  भवन नबन्दै ठेकेदारमाथि आशंका

मण्डन देउपुरमा स्वास्थ्य चौकीको नयाँ  भवन नबन्दै ठेकेदारमाथि आशंका

२ करोड, ८२ लाख ६५ हजार, १२१ रुपैयाँ माथि आशंका


काठमाडौँ २२ असोज  : काभ्रेको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १० मा बन्ने चण्डनेनीमण्डल स्वास्थ्य चौकीको नयाँ भवनको शिलान्याससँगै ठेकेदारमाथि आशंका गरिएको छ । मंगलबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बडो तामझामका साथ शिलान्यास गरे पनि गुणस्तरीय रुपमा समयमै सम्पन्न हुनेमा भने शंका गरिएको छ । स्वास्थ्य चौकी भवन भारत सरकारको आर्थिक अनुदानमा २ करोड, ८२ लाख ६५ हजार, १२१ रुपैयाँ लागतमा बन्न लागेको हो । भवन निर्माण बढीमा १८ महिनाभित्र निर्माण सम्पन्न हुने दाबी गरिएको छ । तर, शिलान्यास समारोहकै अतिथिहरुले भने भवन समयमा गुणस्तरीय बन्नेमा भने आशंका गरेका छन् ।

कार्यक्रममा निर्माण कम्पनीका प्रमुख राजेश गौतमले २०७९ असारसम्म भवन निर्माण गरी बुझाइसक्ने प्रतिबद्धता जनाएका थिए । उनले अहिलेसम्म आफ्नो कम्पनीले म्याद थप गरेर काम नगरेको धृष्टान्त दिँदै  समय अघि नै काम सकाउने बताए । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) काभ्रेका प्रमुख सन्तोष निरौलाले पनि समयमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । तर कार्यक्रममा सहभागी अन्य अतिथिहरुले भने निर्माण कम्पनीमाथि नै प्रश्न उठाए । मण्डनदेउपुरका प्रशासकीय अधिकृत  प्रणराज न्यौपानेले गुणस्तरीय काम हुन नसक्ने भन्दै बेला बेलामा अनुगमन गर्न स्थानीयवासीलाई सचेत गराए ।

काभ्रे कांग्रेसका उपसभापति अच्युत पौडेलले त काममा ढिला सुस्ती र अनियमितता नहोस् भन्दै खबरदारी गर्न आग्रह गरे । पूर्वगृहसचिव एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले पनि भवनको गुणस्तरीयताका लागि विशेष ध्यान दिन आग्रह गरे । उनले ठेकेदार कम्पनीले भवन कसरी बनाउँदै छ, सम्झौताअनुसार गुणस्तरीय निर्माण सामग्री प्रयोग गरेको छ कि छैन चनाख हुन स्थानीयलाई आग्रह मात्र गरेनन् अनुगमन नगर्ने हो भने गुणस्तरीय काम नहुने ठोकुवा नै गरे ।

शिलान्यास कार्यक्रममा ठेकेदारकै अगाडि अतिथिहरुले गुणस्तरीय भवन बन्नेमा आशंका गरेपछि स्थानीयसमेत चकित परेका छन् । कमसल सामग्री प्रयोग गरी मिलेमतोमा बजेट पचाउने अहिलेका निर्माण व्यवसायीको धन्दाले यहाँ पनि निरन्तरता नपाउनुला भन्न सकिन्ने अवस्था नै छैन । त्यही भएर पनि होला शिलान्यास कार्यक्रमका अतिथिहरुले नै आफूलाई अब्बल भन्ने ठेकेदारको कामलाई निरन्तर अनुगमन गर्न स्थानीयलाई आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २०७८, २२ आश्विन शुक्रबार  ८ : ३७ बजे

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

कोशीपारीमा समृद्धिको मार्गचित्रसहित उम्मेदवार अमित लामा घरदैलोमा

बनेपा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा क्षेत्र नं. १ कोशीपारी