२०८३, ११ बैशाख शनिबार

कार्यालयमै सेवाग्राहीसँग घुस लिँदै गर्दा सव–इन्जिनियर केसी पक्राउ

कार्यालयमै सेवाग्राहीसँग घुस लिँदै गर्दा सव–इन्जिनियर केसी पक्राउ


काठमाडौं, २० असोज :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दुई लाख घुस लिएको अभियोगमा सव–इन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ ।

केसी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौंमा कार्यरत थिए । कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ ।

आयोगले सव–इन्जिनियर केसीलाई कार्यालय परिसरबाटै मंगलबार पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । आरोपी केसीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ८ : २६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले