२०८३, १२ बैशाख आईतबार

आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा काभ्रेका ५ सहित १२ जना गिरफ्तार

आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा काभ्रेका ५ सहित १२ जना गिरफ्तार


काठमाडौं ८ असोज  :  एभोकाडो चोरेको आरोपमा काभ्रेका ५ सहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पूर्व आईजीपी मोतिलाल बोहराको निवास सहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट भोकाडो चोरेको आरोपमा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले काभ्रेका यमबहादुर तामाङ, देव तामाङ, मिलन दुलाल, समिर तामाङ, उर्फ वादशाह, रामेछापका सञ्जीव खड्का, शंकर कठायत, निरज नेपाली, हेटौंडा घर भएका २० वर्षीय राजेश राई, राजिव गुरुङ, सुनसरीका मोहित दाहाल र झापाका प्रदिप यादवलाई पक्राउ गरेको हो ।काभ्रे घर भएका देव तामाङको योजनामा उनीहरुले विगत ३ वर्षदेखि काठमाडौंका विभिन्न स्थानबाट एभोकाडो चोर्दै आएको प्रहरी अनुसन्धानबाट जानकारी प्राप्त भएको छ ।

दुई समूहमा रहेका आरोपीहरुले बुद्धनगर, थापागाउँ, नयाँ बानेश्वर, मैतीदेवी, अनामनगर, शंखमुल, देवीनगर, नक्साल, ज्ञानेश्वर, चण्डोल र मालिगाउँस्थित घर कम्पाउन्डबाट चोरी गरेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न समूहले राती घर कम्पाउन्डमा छिरेर चोर्ने र सस्तोमा फलफूल पसलमा बेच्ने गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनुभयो ।

प्रकाशित मिति : २०७८, ८ आश्विन शुक्रबार  ८ : १३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले