२०८३, ८ कार्तिक आईतबार

मन्त्री बाँस्कोटा इथियोपिया प्रस्थान

मन्त्री बाँस्कोटा इथियोपिया प्रस्थान


काठमाडौँ, १७ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा विश्व हुलाक सङ्घको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज साँझ इथियोपिया प्रस्थान गर्नुभयो ।

सङ्घद्वारा इथियोपियाको अद्दिस अबाबामा आयोजना हुने अन्तर्राष्ट्रिय हुलाकसम्बन्धी सम्मेलन सोमबारदेखि शुक्रबारसम्म चल्ने छ । उक्त सम्मेलनमा सङ्घको सदस्य राष्ट्रका रुपमा नेपालको मन्त्रिस्तरीय प्रतिनिधित्व हुन लागेको मन्त्रालयले जनाएको छ ।

सङ्घको कार्यप्रणाली, हुलाक सेवामा विकसित पछिल्लो प्रविधि लगायतका विषयमा सम्मेलनमा महत्वपूर्ण छलफल हुने र सम्मेलनलाई मन्त्री बाँस्कोटाले सम्वोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  १० : १८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना