२०८३, २६ आश्विन मंगलबार

ट्रम्पद्वारा सञ्चारमाध्यमको फेरि आलोचना

ट्रम्पद्वारा सञ्चारमाध्यमको फेरि आलोचना


वासिङ्टन डी सी, संयुक्त राज्य अमेरिका, १६ भदौ: सञ्चारकर्मीको उपस्थितिमा भएका उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे गरेका अनौपचारिक प्रतिक्रियालाई बाहिर ल्याएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसप्रति चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अनौपचारिक रूपमा भएका वार्तालापबारे सार्वजनिक गर्नुलाई ‘बेइमान पत्रकारिता’ को सज्ञा दिनुभएको छ । ट्रम्पले शुक्रबार अबेर गरेको ट्वीटरमा भन्नुभएको छ, “अहो ! मैले क्यानडाबारे ब्लुमवर्गका पत्रकारसँग ‘अफ द रेकर्ड कमेन्ट’गरेको थिएँ । तर सञ्चारमाध्यमबारे विश्वव्यापी मान्यताको उल्लङ्घन गर्दै त्यसलाई सार्वजनिक गरिएको छ । यो गैरजिम्मेवार पत्रकारिताको थप एउटा ज्वलन्त उदाहरण हो । म यस्ता समाचारप्रति बानी परिसकेको छु । कम्तीमा पनि क्यानडाले म कहाँ रहेको छु बुझेको छ ।”

अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजका अनुसार द टोरन्टो स्टारले आफुले अनौपचारिक कुराकानीमा भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा ब्लुमवर्गले राष्ट्रपति ट्रम्पसँग लिएको अन्तवार्ताको उक्त भाग आफुले पाएको जनाएको छ । जसमा ट्रम्पले क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रुडोसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे कुनै सम्झौता नगर्ने बताउनुभएको थियो । अन्तवार्तामा उहाँले यो कुरालाई सार्वजनिक गर्दा क्यानडाले अपमान गरेको महशुस गर्ने र सम्झौताबाट पछि हट्ने पनि बताउनुभएको छ ।

ट्रम्पको भनाईलाई फक्स न्यूजले थप उद्धृत गरेको छ, “यहाँ समस्या छ यदि मैले हुन्न भने उत्तर हुन्नमा जान्छ । यदि मैले हुन्न भनेमा तपाईहरूले यसलाई सार्वजनिक गर्नुहुन्छ । यसबाट उनीहरूले अपमानित भएको महशुस गर्छन् र सम्झौताबाट पछाडी हट्न सक्छन् ।” यसैबीच ट्रम्पले नयाँ उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) का लागि दुई व्यापारिक साझेदार मुलुक क्यानडा र अमेरिकाबीच पहल अघि बढाउनुभएको बताइएको छ । यस हप्ताको शुरुमा ट्रम्पले आफुले मेक्सिकोसँग लगभग सहमति गरेको बताउनुभएको थियो । उहाँले क्यानडा नयाँ सम्झौतामा साझेदार रहन्छ वा रहदैन हेर्न बाँकी नै छ । क्यानडासँग हुने भनिएको सम्झौताको समयअवधि शुक्रबारसम्मका लागि मात्र थियो ।

ट्रम्पले गत महिना आफ्नो पहलमा उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई ‘खारेज’ गर्ने र अर्कै सम्झौता गरिने जसको नाम संयुक्त राज्य अमेरिका–मेक्सिको व्यापार सम्झौता हुने पनि बताउनुभएको थियो । मेक्सिकोका राष्ट्रपति एन्रिक पेना नाइटोले क्यानडा पनि निकट भविष्यमा व्यापार सम्झौताको साझेदार हुने बताउनुभएको छ । ट्रम्पले छिट्टै क्यानेडाली समकक्षी ट्रुडोलाई फोन गर्ने र क्यानेडाली कारहरूको आयातमा करवृद्धिको प्रस्ताव गर्ने जनाउनुभएको छ ।
-रासस÷एएनआई

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : २० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल