२०८३, ६ कार्तिक शुक्रबार

एसिया कप छनौटमा नेपालको पहिलो जित, मलेसियालाई १९ रनले हरायो

एसिया कप छनौटमा नेपालको पहिलो जित, मलेसियालाई १९ रनले हरायो


१६ भदौ काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो ।
नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । मलेसियाको सुरुवात राम्रै थियो । तर, अन्तिम समयमा नेपालका बलर हावी भए । २६- २ ओभरमासन्दीप लामिछानेले मोहम्मद रम्लीलाई १६ रनमा आउट गराए भने चौथो बलमा अर्को विकेट लिए । २८ ओभर लिएर आएका सोमपाल कामीले मलेसियाका मोहम्मद अन्वार रहमानलाई शुन्य रनमा बोल्ड आउट गराए । २९ औं ओभरको अन्तिम बलमा बसन्त रेग्मीले विकेट लिए । अन्तिम ओभरमा मलेसियालाई २५ रन आवश्यक थियो तर, सोमपालले ५ रन मात्र दिए ।

मलेसियाका लागि अजिज मुबारक र अन्वार अरुदिनले समान ३४(३४ रन बनाए भने अहमेद फैजले २२ भिरनदिप सिंहले २१ र शाफिक शारिफले ९ रन बनाए ।

नेपालका लागि बसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । ओपनिङमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए ।

ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाले । छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए । सोमपाल कामी पहिलो बलमै आउट भए ।

 

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ६ : ५९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट