२०८२, १८ फाल्गुन सोमबार

ग्यास र पेट्रोल पाइपलाइनमा भारतको यस्तो प्रतिवद्धता

ग्यास र पेट्रोल पाइपलाइनमा भारतको यस्तो प्रतिवद्धता


काठमाडौं, भदौ १५ : खाना पकाउने (एलपी) ग्यास, प्राकृतिक ग्यास र पेट्रोल पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको छ । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच बुधबार भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा भारतले यस्तो प्रतिवद्धता जनाएको हो ।

निर्माणाधीन मोतिहारी रक्सौल अमलेखगन्ज पेट्रोल पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न, खाना पकाउने एलपीजी र प्राकृतिक ग्यासको पाइपलाइन नेपालसम्म निर्माण गर्न सघाउने प्रतिवद्धता भारतले जनाएको हो ।

हवाइ इन्धन भर्ने १५ वटा रिफ्युलर इन्डियन आयल कर्पोरेसन(आइओसी)ले खरिद गरेकै मूल्यमा दिने र जनकपुरमा पेट्रोलियम ट्रेनिङ सेन्टर अनुदानमा निर्माण गरिदिने पनि सहमति भएको छ । भारतका पेट्रोलियम मन्त्री प्रधानले इन्धन आपूर्ति र ढुवानीको पूर्वाधार निर्माणमा सघाउने प्रतिवद्धता जनाएको आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।
-नागरिक

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ६ : २९ बजे

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको