२०८३, १२ बैशाख आईतबार

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट थप ५ जनाको मृत्यु

काभ्रेमा कोरोना भाईरस संक्रमणबाट थप ५ जनाको मृत्यु

२७३ जना डिस्चार्ज, ३२५ जनालाई संक्रमण


धुलिखेल १९ जेठ :  काेरोना भाईरस संक्रमणका कारण काभ्रेमा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाका ३ जना छन् भने २ जना बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार बनेपाका ३७ बर्षिय पुरुष,मण्डनदेउपुरका ८२ बर्षिय पुरुष र धुलिखेलका ४२ बर्षिय पुरुषको ज्यान गएको हो । यस्तै मन्थलीका ५६ बर्षिय महिला र सर्लाहीका ४७ बर्षिय पुरुषको धुलिखेल अस्पतालमा ज्यान गएको हो ।

यो संगै जिल्लामा भाईरसको संक्रमणका कारण १९१ जनाको ज्यान गईसकेको छ । ति मध्ये १३६ जना जिल्लाकै हुन् भने ५५ जना अन्य जिल्लाका हुन् । यस्तै जिल्लका संक्रमित मध्ये उपचार पछि निको भएर थप २७३ जना डिस्चार्ज भएका छन् । हाल सम्म जिल्लामा ६ हजार ९ सय ६४ जना संक्रमण मुक्त भईसकेका छन् ।  यस्तै जिल्लामा ३२५ जनालाई भाईरसको संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट २२६ जनालाई र एन्टीजेन परिक्षणबाट ९९ जनालाई संक्रमण भएको पुष्टि भएको कार्यालयले जनाएको छ ।

यो संगै जिल्लामा ९ हजार ३ सय १५ जनालाई संक्रमण भईसकेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार २ सय १५ जना पुगेको कार्यालयले जनाएको छ । हाल २०९५ जना होम आइसोलेसनमा र १२० जना अस्पताल आइसोलेसनमा रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १९ जेष्ठ बुधबार  ६ : ४९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले