२०८३, ३० जेष्ठ आईतबार

हिन्दूराष्ट्र अपरिहार्य छ – अध्यक्ष थापा

हिन्दूराष्ट्र अपरिहार्य छ – अध्यक्ष थापा


विराटनगर, १४ भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताउनुभएको छ । प्रदेश नं १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा आज शुभारम्भ गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताले व्यक्तिगत स्वार्थसिद्ध गर्न रातारात हिन्दूराष्ट्र हटाएर धर्म निरपेक्ष बनाएको आरोप लगाउनुभयो ।

हिन्दूराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएको उल्लेख गर्दै अध्यक्ष थापाले केन्द्रबाट शुरु भएको हिन्दूराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश र जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने बताउनुभयो । उहाँले राप्रपाकै नेतृत्वमा आन्दोलनले सफलता प्राप्त गरी हिन्दूराष्ट्र पुनःस्थापना गराइ छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

पार्टीका सङ्गठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले सदियौँदेखि नेपालको पहिचानका रुपमा रहेको हिन्दूराष्ट्र पुनःस्थापना गर्न पार्टीले शुरु गरेको आन्दोलनलाई साथ दिन सबैमा आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ६ : ४० बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको