२०८३, १२ आश्विन मंगलबार

कोरोना संक्रमणसँग लड्न यी पौष्टिक खानपानलाई छनौट गरौं

कोरोना संक्रमणसँग लड्न यी पौष्टिक खानपानलाई छनौट गरौं


काठमाडौ ३१ बैशाख :   मानव जीवन भनेको प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी हो । मानवको रुपमा जन्मिएपछि धेरै कुरामा ख्याल गर्नुपर्छ । हाँसीखुसी बाँच्नु नै हाम्रो जीवनको कला हो । यसका लागि हामीले धेरै कुरामा ध्यान दिनुपर्छ ।

अहिले कोरोनाको कारण सबैको जीवनमा भय र त्रास छाएको छ । यो भय र त्रासले विद्यमान समस्यालाई झनै जटिल बनाउँछ । त्यसैले यो कोरोना संक्रमणसँग लड्न यी पौष्टिक खानपानलाई छनौट गरी नियमति रुपमा सन्तुलित भोजन गर्न सके कोरोना संक्रमणबाट जोगिन ठुलै राहत मिल्नेछ ।

१ विभिन्न थरीका खाने कुराहरू हरेक दिन उपभोग गर्ने ।

२ फलफूल र हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने ।

३ दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने ।

४ माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने ।

५ दूध र दूधजन्य खाने कुराहरू हरेक दिन उपभोग गर्ने ।

६ खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने ।

७ खानपान सम्बन्धि अन्धविश्वासबाट सावधान हुने ।

८ खानामा नुनको प्रयोग कम मात्रामा उपभोग गर्ने ।

९ गुलिया र चिल्ला खानेकुरा कम मात्रामा उपभोग गर्ने ।

१० सँधै ताजा र सफा खाद्य वस्तु उपभोग गर्ने ।

११ पर्याप्त मात्रामा सफा पानी पिउने ।

१२ नियमित रूपमा शारीरिक परिश्रम गर्ने ।

१३ परम्परागत तथा स्थानीयस्तरमा पाइने पौष्टिक खाद्यवस्तु उपभोग गर्ने ।

१४ पौष्टिक तत्व कम भएका तथा बढी गुलिया, चिल्ला र नुनिला खाने कुरा कम मात्रामा उपभोग गर्ने ।

१५ मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने ।

१६ शिशुलाई पर्याप्त मात्रामा स्तनपान गराउने ।

१७ शिशु ६ महिना पूरा भएपछि स्तनपानको साथसाथै थप खाना खुवाउने ।

१८ गर्भवती र स्तनपान गराउने आमाले थप र पोषिला खाद्य वस्तु उपभोग गर्न े।

१९ किशोरकिशोरीहरूले खानपान सम्बन्धी स्वस्थ मानी बसाल्ने ।

२० ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने ।

उल्लेखित भोजनहरुलाई नियमित रूपमा आफ्नो जीवनमा लागू गर्न सकेमा अन्य धेरै किसिमका रोग तथा संक्रमणबाट पनि जोगिन सकिन्छ ।

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  १० : २९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय