२०८३, १५ जेष्ठ शनिबार

‘सार्क र बिम्स्टेक मुलुकको सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण’

‘सार्क र बिम्स्टेक मुलुकको सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण’


काठमाडौँ, १३ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास बिम्स्टेक दुवै क्षेत्रीय सङ्गठन नेपालको सामाजिक–आर्थिक विकासका लागि महत्वपूर्ण सङ्गठन भएको बताउनुभएको छ ।

यही भदौ १४ र १५ गते राजधानीमा आयोजना हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा नेपाल टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका मुलुकलाई जोड्ने दुवै सङ्गठन अपरिहार्य रहेका बताउनुभयो ।

उहाँले भन्नुभयो, “सार्क हामी आफैँले बनाएका हौँ । सार्क र बिम्स्टेक एकअर्कालाई निषेध गर्न र एकअर्काको विकल्पका रुपमा आएका होइनन् । बिम्स्टेक विगतमा सार्क जत्तिको सक्रिय भएन तर पारस्परिक सहयोगलाई बढाउन र साझा समस्या हल गर्दै अगाडि बढ्न अत्यन्त आवश्यक सङ्गठन हो । ”

सार्क द्रुत गतिमा अघि बढ्न नसकेको भए पनि वर्तमान परिप्रेक्ष्यमा त्यसको आवश्यकता र औचित्य अधिक रहेको बताउँदै उहाँले सार्कको विकल्प बिम्स्टेक कदापि नहुने स्पष्ट गर्नुभयो ।

सार्क र बिम्स्टेकमा धेरै समानता र चुनौती रहेका वास्तविकता बताउँदै उहाँले दुवै सङ्गठनको लक्ष्य र उद्देश्य गरिबी हटाउने, सम्पन्न समाज निर्माण गर्ने, पारस्पारिक सहयोग अभिवृद्धि गर्दै सदस्य मुलुकबीच सडक, रेल, हवाई मार्ग र ‘अप्टिकल फाइबर’का माध्यमबाट सम्पर्क र सम्बन्ध कायम गरी व्यापार साझेदारी गर्नु हो भन्नुभयो ।

बिम्स्टेकको अध्यक्ष राष्ट्रले नेपालले प्रभावकारी रुपमा काम गर्ने, परियोजना कार्यान्वयनमा कुनै किसिमको विलम्ब नगर्ने बताउँदै प्रचलित कूटनीतिक अभ्यासअनुसार हस्तान्तरण हुँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसैले म प्रधानमन्त्री हुनेवित्तिकै यसको सम्मेलन गरिएको हो ।”

अवरुद्ध भएको सार्क सम्मेलन आयोजना गर्न अध्यक्षका रुपमा नेपालले हरसम्भव कूटनीतिक प्रयास गरिरहेको जानकारी दिँदै सम्मेलन आयोजक मुलुक पाकिस्तानले पनि प्रयास गर्नु श्रेयष्कर हुने विचार उहाँले व्यक्त गर्नुभयो । “यदि कुनै कारणले असमझदारी उत्पन्न भए त्यसलाई समझदारीमा रुपान्तरण गर्नु आवश्यक छ”–उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले बिम्स्टेकको इतिहासमा छोटो समयमा तयारी गरेर चौथो शिखर सम्मेलन नेपालमा आयोजना हुन लागेको बताउँदै बिम्स्टेक सदस्य देशसँगको पूर्ण सहमति भएको करीब एक महिनाको अवधिमा सम्मेलनको भोलि हुँदैछ भन्नुभयो ।

बिम्स्टेक पारस्पारिक सहयोग र साझेदारीको वातावरण तयार गर्ने, पूर्वाधार विकास, धार्मिक तथा सांस्कृतिक सन्दर्भ नेपालसँग जोडिएको उल्लेख गर्दै उहाँले बुद्धको जन्मभूमि लुम्बिनीसँग त्यसको सम्बन्ध जोडिएको बताउनुभयो ।

एक प्रसङ्गमा प्रधानमन्त्रीले विभिन्न मुलुकसँग व्यापार घाटा घटाउने, निर्यात प्रवद्र्धन गर्ने, आयात प्रतिस्थापन, युवालाई स्वदेशमै रोजगारीको सरकारले उच्च प्राथमिकतामा राखेको र तदनुरुप कार्यसम्पादन गरिरहेको प्रष्ट पार्नुभयो ।

उहाँले अथाह जलसम्पदा भएको हाम्रो मुलुक स्वच्छ ऊर्जा उत्पादन गर्ने प्रशस्त सम्भावना भएकाले अधिकभन्दा अधिक विद्युत् उत्पादन गरेर अरु मुलुकलाई बिजुली बिक्री गर्न सकिने बताउनुभयो । उहाँको उक्त भनाइ बिम्स्टेक र सार्कजस्ता क्षेत्रीय सङ्गठनसँगको आबद्धताबाट सहज हुनेतर्फ केन्द्रित थियो ।

नेपालमा उत्पादित ऊर्जालाई सदस्य मुलुकसँग पु¥याउन सकिने बताउँदै प्रधानमन्त्री ओलीले नेपालको बिजुली म्यान्मा सम्म पु¥याउन सकिन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “विद्युत् बिक्रीका लागि बंगलादेशमा सवस्टेन निर्माण हुन सक्छ, त्यसपछि म्यान्मासम्म विद्युत् पु¥याउन सकिन्छ ।”

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ११ : ३० बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण