२०८३, १५ आश्विन शुक्रबार

राष्ट्रिय जनगणना दुई चरणमा गरिने

राष्ट्रिय जनगणना दुई चरणमा गरिने


विराटनगर, १३ भदौ : केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा गर्ने तयारी शुरु गरेको छ । राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आज यहाँ प्रदेशस्तरीय अन्तक्र्रिया गोष्ठीमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले तथ्याङ्कले विकास निर्माणका कार्य, कृषिको आधुनिकीकरण र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले सबैलाई समेट्ने गरी वैज्ञानिक र व्यवस्थित ढङ्गले जनगणना हुनुपर्नेमा जोड दिँदै गणकद्वारा गरिने जनगणनाको प्रभावकारी अनुगमनमा विभागको सचेत र सजग हुनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । गणनालाई प्रभावकारी बनाउन आवश्यक सुझाव सङ्कलन गर्न आगामी दिनमा स्थानीय निकाय, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग छलफल गरिने विभागका निर्देशक ढुण्डिराज न्यौपानेले बताउनुभयो ।

गोष्ठीमा प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपाने, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले राष्ट्रिय जनगणनालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीले जनगणनामा जात जातिका तथ्याङ्कसम्बन्धी पूर्ण विवरण तल्लोस्तरमा सङ्कलन गर्नुपर्ने, पारिवारिक संरचना, रोजगारी, बसाइँसराइ, आदि विषयमा समेट्न सुझाव दिएका छन् । राष्ट्रिय जनगणना प्रत्येक १० वर्षमा हुँदै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ९ : ११ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र