२०८२, १२ पुस शनिबार

एसियाली खेलकुदमा नेपाललाई रजत पदक, प्याराग्लाइडिङले नेपालीलाई खुशी दिलायो

एसियाली खेलकुदमा नेपाललाई रजत पदक, प्याराग्लाइडिङले नेपालीलाई खुशी दिलायो


१३ भदौ, काठमाडौं १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो ।

नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो ।  क्रस कन्टी्र इभेन्टमा खेलिरहेका नेपाली खेलाडीमा विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका छन् । पदकको आश गरिएको तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा कमजोर बनेको नेपालका लागि प्याराग्लाइडिङले एसियाली खेलकुद इतिहासमै नेपालको दोस्रो रजत पदक जित्दै निराश हुनबाट जोगाएको हो ।

पाँच चरणमा हुने प्रतिस्पर्धामा बुधबार पाँचौ चरण सकिएको हो । नेपाल पहिलो चरणमा तेस्रो स्थानमा रहेको थियो । दोस्रो चरणमा पनि तेस्रो स्थानमा नै रहेको नेपाल तेस्रो चरणमा चौथो स्थानमा पुगेको थियो ।

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४ औं भएका थिए । प्याराग्लाइडिङ जारी १८ औं एसियाली खेलकुदमा पहिलोपटक समावेश गरिएको हो ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  ८ : ४२ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको