२०८३, १५ श्रावण शनिबार

नयाँ भेरियन्टको कोभिडका कारणा अहिलेसम्म १० सुरक्षाकर्मीको मृत्यु, एक लाखले खोप लगाए

नयाँ भेरियन्टको कोभिडका कारणा अहिलेसम्म १० सुरक्षाकर्मीको मृत्यु, एक लाखले खोप लगाए


काठमाडौं, १९ बैसाख :   कोरोनाको नयाँ भेरियन्टले कोभिड– १९ नियन्त्रणको अग्रपंक्तिमा खटिएर काम गर्ने सुरक्षाकर्मी पनि संक्रमित भएका छन् । नयाँ भेरियन्टबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी संक्रमित भएका छन् । नेपाली सेनाका अनुसार कोरोनको नयाँ भेरियन्टबाट संक्रमित सैनिक भने हालसम्म देखिएका छैनन् ।

नयाँ भेरियन्टबाट कति सुरक्षाकर्मी संक्रमित भए भन्ने तथ्यांक भने आएको छैन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले कोरोनाको नयाँ भेरियन्टले सुरक्षाकर्मीलाई संक्रमित बनाएको स्वीकार गरे । उनले भने, ‘कोरोनाको नयाँ भेरियन्टले सुरक्षाकर्मीलाई पनि संक्रमति बनाएको छ । दैनिक फ्रन्टलाइनमा खटिनुपर्ने भएको हुँदा पनि उनीहरूमा संक्रमणको जोखिम उच्च देखिएको हो । यद्यपि, रोकथामको उपाय अपनाइरहेका छौँ ।’

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले नयाँ भेरियन्ट पहिलेको भन्दा घातक देखिएको हुँदा सुरक्षाका सबै विधि अपनाएर काम गरिएको बताए । ‘नयाँ भेरियन्ट आएको छ । यसको विरुद्ध लड्न सुरक्षाकर्मी तयार छन्,’ उनले भने, ‘सुरक्षा विधि अपनाउन कडाइ गरेका छौँ ।’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले नयाँ भेरियन्टबाट संक्रमित सैनिक देखिएको भन्ने जानकारीमा नआएको बताए ।

१० सुरक्षाकर्मीले ज्यान गुमाए
तीनवटा सुरक्षा निकायका १० सुरक्षाकर्मीले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नेपाल प्रहरीका सुरक्षाकर्मी धेरै छन् । प्रहरी तथ्यांकअनुसार कोभिड– १९ को महामारी सुरु भएयता प्रहरीका मात्रै ६ सुरक्षाकर्मीको मृत्यु भएको छ । त्यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीको दुई–दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुँवरले भने, ‘कोभिड– १९ को महामारी सुरु भएलगत्तै अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले काम गर्‍यो । यस क्रममा धेरै संक्रमित भए । जसमध्ये ६ जना सहयोद्धा गुमाउनु प¥यो । नेपाल प्रहरीका लागि यो ठूलो क्षति हो ।’

त्यसैबीच, महामारी सुरु भएयता तीनवटै सुरक्षा निकायका १३ हजार चार सय ८२ सुरक्षाकर्मी संक्रमित भएका थिए । जसमध्ये १३ हजार दुई सय ७५ निको भएर घर फर्किसकेका छन् । बाँकी एक सय ९५ जना क्वारेन्टिनमा बसेर उपचार गराइरहेका छन् । संक्रमित हुने संख्या पनि नेपाल प्रहरीकै सुरक्षाकर्मीको धेरै छ । यस अवधिमा नेपाल प्रहरीका मात्रै सात हजार चार सय ६२ सुरक्षाकर्मी संक्रमित बनेका छन् । जसमध्ये सात हजार तीन सय ६ निको भएर घर फर्किए ।

संक्रमित हुनेमा त्यसपछि नेपाली सेनाका सुरक्षाकर्मी धेरै छन् । तथ्यांकअनुसार यस अवधिमा सेनाका पाँच हजार दुई १७ सुरक्षाकर्मी संक्रमित बने । जसमध्ये पाँच हजार एक सय ७४ निको भएर काममा फर्किसकेका छन् । सशस्त्र प्रहरीका भने यस अवधिमा आठ सय तीन सुरक्षाकर्मी संक्रमित बने । जसमध्ये सात सय ९५ निको भएर नियमित काममा फर्किसकेका छन् ।

तीनवटै सुरक्षा निकायका अझै एक सय २४ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण छ । जो अहिले अस्प्तालमा उपचाररत छन् । उपचाररतमध्ये नेपाल प्रहरीका सुरक्षाकर्मी ७९, सेनाका ४१ र सशस्त्रका चारजनाले क्वारेन्टिनमा उपचार गराइरहेका छन । सैनिक प्रवक्ता सहायक रथी पौडेलले भने, ‘नेपाली सेनाका पाँच हजार सुरक्षाकर्मी कोरोनाबाट संक्रमित बने । अधिकांश निको भएर नियमित ड्युटीमा फर्किएका छन् । ४१ जनाकोे उपचार भइरहको छ ।’

झन्डै एक लाख सुरक्षाकर्मीले भ्याक्सिन लगाए
कोरोना– १९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने झन्डै एक लाख सुरक्षाकर्मीले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् । ३३ हजारले दोस्रो चरणको खोप पनि लगाएका छन् ।

पहिलो चरणको खोप लगाउनेमध्ये नेपाल प्रहरीको संख्या ३७ हजार पाँच सय रहेको छ । दोस्रो चरणको खोप लगाउने भने दश हजार नौ सय छन् । त्यस्तै, नेपाली सेनाका झन्डै ३५ हजार सुरक्षाकर्मीले पहिलो चरणको खोप लगाए । दोस्रो चरणको खोप लगाउनेको संख्या भने ६ हजार छ । त्यस्तै, सशस्त्र प्रहरीका २५ हजार ६ सय ६८ सुरक्षाकर्मीले कोभिडविरुद्धको पहिलो चरणको खोप लगाएका छन् । दोस्रो चरणको खोप लगाउनेको संख्या १७ हजार ६ सय ६८ रहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७८, १९ बैशाख आईतबार  ९ : ४७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने