२०८३, १२ बैशाख आईतबार

सुदूरपश्चिममा कोरोनाबाट एक बर्षकी बालिकासहित थप चार जनाको मृत्यु

सुदूरपश्चिममा कोरोनाबाट एक बर्षकी बालिकासहित थप चार जनाको मृत्यु


कैलाली, १७ बैसाख : कोरोना भाइरस संक्रमणबाट एक वर्षकी बालिकासहित सुदूरपश्चिममा थप चार जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा अछाम, कैलाली र कञ्चनपुरका छन् ।

अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका–७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार साँझ नै कञ्चनपुरको महाकाली अस्पताल भर्ना भएका जिल्लाको भीमदत्तनगरपालिका–१८ का ४१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका–५ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भीमदत्त नगरपालिकाका संक्रमितको आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा मृत्यु भएको बताए । अर्का संक्रमितलाई एचडीयू युनिटमा राखेर उपचार भइरहेको थियो । उनीहरु दुवैमा कडा खालको निमोनिया देखिएको डा। रोकायाले जानकारी दिए ।

यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षीय संक्रमितको पनि गए राति मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बैशाख १५ गते अस्पताल भर्ना भएका उनको राति करिब साढे ९ बजेको मृत्यु भएको जानकारी दिए । श्वासप्रश्वास सम्बन्धी समस्या भएका ती संक्रमितमा कडा खालको निमोनिया रहेको पनि श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार  ९ : १४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले