२०८३, १७ बैशाख शुक्रबार

आज अन्तिम दिनमा प्याराग्लाइडिङमा पदकको सम्भावना

आज अन्तिम दिनमा प्याराग्लाइडिङमा पदकको सम्भावना


काठमाडौँ १३ भदौ : इण्डोनेसियामा जारी १८औ एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ ।

मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ ।

मङ्गलबारको खेल सकिदासम्म नेपालको दुई हजार ७९८ अङ्क छ । पहिलो स्थानमा रहेको जापानको तीन हजार २९८ अङ्क तथा दुई हजार १९२ अङ्कसहित दक्षिण कोरिया तेस्रो स्थानमा छ ।

नेपालले विगतमा एशियाली खेलकूदमा कराते, बक्सिङ र तेक्वान्दोमा पदक जित्दै आएपनि यसपालि पदकविहीन हुनु परेको छ । नेपालले प्याराग्लाइडिङबाट पदकको आश जगाएको छ । प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले नेपालले स्वर्ण पदकका लागि प्रयास गर्ने बताउनुभयो । चौथो चरणसम्म आइपुग्दा नेपालभन्दा अगाडि जापान मात्र छ ।

सोही स्पर्धाको महिलातर्फ नेपाल छैटौँ स्थानमा छ । नेपालको २१६ अङ्क छ । उक्त स्पर्धामा दक्षिण कोरिया पहिलो, जापान दोस्रो र आयोजक इण्डोनेसिया तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार  १२ : २० बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले