२०८३, २६ आश्विन मंगलबार

प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोनाबाट मृत्यु

प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोनाबाट मृत्यु


नयाँदिल्ली, १५ बैसाख :  कोरोना संक्रमणले भातरका प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीकी काकी नर्मदाबेन मोदीको उपचारका क्रममा अहमदाबादस्थित एक अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

निकै प्रयास गर्दा पनि डाक्टरले उनलाई बचाउन सकेनन्। ८० वर्षीया उनी अहमदाबादको न्यु रानिप क्षेत्रमा आफ्ना सन्तानका साथ बस्थिन् । प्रधानमन्त्री नरेन्द्र मोदीका कान्छो भाइ प्रह्लाद मोदीका अनुसार कोरोना संक्रमण भएपछि उनीहरूकी काकी नर्मदाबेनलाई १० दिनअघि सिभिल अस्पताल भर्ना गरिएको थियो । तर उपचारका क्रममा आज उनको मृत्यु भएको हो । उनका अनुसार उनीहरूकी काकीका श्रीमान् जगजीवनदास प्रधानमन्त्री मोदीका पिता दामोदरदासका भाइ थिए । उनको धेरै वर्ष पहिले मृत्यु भइसकेको छ । एजेन्सी

प्रकाशित मिति : २०७८, १५ बैशाख बुधबार  ८ : १५ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल