२०८३, १२ आश्विन मंगलबार

कोभिड–१९ विरुद्ध खोपको दोस्रो डोज आजदेखि लगाइँदै, कहाँ–कहाँ छ खोप केन्द्र

कोभिड–१९ विरुद्ध खोपको दोस्रो डोज आजदेखि लगाइँदै, कहाँ–कहाँ छ खोप केन्द्र


काठमाडौं, ७ वैशाख । कोभिड–१९ विरुद्ध खोपको दोस्रो मात्रा (डोज) आजदेखि लगाइँदै छ । माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीहरुलाई आजदेखि दोस्रो मात्रा खोप लगाइने भएको हो ।

२०७७ माघ १४, १५, १६, १७ र २६, २७, २८ र २९ गते पहिलो मात्रा खोप लगाएकाहरुलाई आज दोस्रो मात्राको खोप लगाइने छ भने माघ १८ ,१९, २०, २१, २२ र फागुन २ गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख ८ गते, माघ २३ र फागुन ३, ४, ५ गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख ९ गते, माघ २४ र फागुन ६, ८, ९ गते पहिलो डोज लगाएकाहरुलाई बैशाख १० गते, माघ ३० र फागुन ७, १० गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख ११ गते दोस्रो चरणको खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउनका लागि १९ वटा खोप केन्द्र तोकिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पताल, त्रि.बि.बि.शिक्षण अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपाल शशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र क्षेत्रपाटी निशुल्क चिकित्सालयमा खोपकेन्द्र तोकिएको छ ।

त्यसैगरी, विरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, जनमैत्री अस्पताल, मदरल्याण्ड अस्पताल, हिमाल अस्पताल, स्तुपा अस्पताल र ह्याम्स अस्पताललाई पनि खोप केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २०७८, ७ बैशाख मंगलबार  ८ : ५५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय