२०८२, ११ पुस शुक्रबार

यी हुन् वैशाख मसान्तसम्म विद्यालय बन्द हुने शहरी क्षेत्र (सूचीसहित)

यी हुन् वैशाख मसान्तसम्म विद्यालय बन्द हुने शहरी क्षेत्र (सूचीसहित)


धुलिखेल ६ बैशाख : सरकारले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेपछि

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण बालबालिकामा फैलिन सक्ने भन्दै शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो बैठकले विद्यालयमा जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने भएकाले पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

सरकारको निर्णयसँगै शहरी क्षेत्रहरू काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, जनकपुर, राजविराज, वीरगञ्ज, काठमाडौं, ललितपुर, बनेपा,धुलिखेल, भक्तपुर, हेटौँडा, पोखरा, बुटवल, भैरहवा, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी र भीमदत्तनगरका विद्यालय पूर्णरुपमा बन्द हुनेछन् ।

यस्तै, शहरी क्षेत्रबाहेक जिल्ला सदरमुकामका विद्यालयमा पनि शैक्षिक गतिविधि वैशाख मसान्तसम्म भर्चुअल रूपमा सञ्चालन गर्नुपर्नेछ ।

बैठकले विद्यार्थीको भविष्य अन्योलमा पर्न नदिन वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा नरोकिने मन्त्री श्रेष्ठले बताए । उनका शहरी क्षेत्रबाहेक ठाउँका विद्यालय भने जिल्लास्थित डीसीसीएमसीको सिफारिसमा बन्द गरिनेछ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै बालबालिकाकामा संक्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्ने निर्णयमा सरकार पुगेको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर,कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई कोरोना संक्रमणको अति प्रभावित जिल्लाको सूचीमा राखेको थियो ।

प्रकाशित मिति : २०७८, ६ बैशाख सोमबार  १ : १४ बजे

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त