२०८३, १५ जेष्ठ शनिबार

भ्रष्टारसम्बन्धी कडा कानून ल्याउनुपर्छ : नेता नेपाल

भ्रष्टारसम्बन्धी कडा कानून ल्याउनुपर्छ : नेता नेपाल


काठमाडौँ, ११ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हँुदै गएको बताउनुभएको छ । नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानून नहुँदा गलत गर्नेहरु ठाडो शिर बनाएर हिँडिरहेको बताउनुभयो ।

रौतहटमा भएको डुङ्गा दुर्घटनाको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो, “पाँच वर्षअघि बोलपत्र भएर पनि आजसम्म पुल नबन्दा जिल्लावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, पुल नबनाउने ठेकेदारलाई अब कडा कारवाही गर्नुपर्छ ।” भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको बताउँदै उहाँले भ्रष्टाचारसम्बन्धी कडा कानून ल्याउनुपर्ने बताउनुभयो । मुलुकमा बलात्कारका घटना बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “बलात्कारीलाई कडाभन्दा कडा कारवाही ष्रिनुपर्छ, उन्मुक्ति दिनु हुँदैन् ।”

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारिता जगत् कसैको प्रयोगशाला बन्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “केही सञ्चार गृह अहिले लगानीकर्ताको इच्छाअनुसार समाचार बनाइरहेका छन्, पत्रकारिताको नाममा तिनीहरु कसैको प्रयोगशाला तै बन्दै छैनन् भन्ने प्रश्न उठिरहेको छ ।” राजनीतिक लडाइँले लाखौँ युवाको आँशु र परिश्रम विदेशमा बगेको बताउँदै उहाँले भन्नुभयो, “अब राजनीतिक लडाइँ, होइन, मुलुक समृद्धितर्फ लैजान सबै मिल्नुपर्ने दिन आएको छ ।”

पूर्वमन्त्री प्रभु साहले राजनीतिक सङ्क्रमणबाट मुलुक भर्खरै अगाडि बढेको बताउँदै सरकारले ल्याएको समृद्धिका नारा साकार पार्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । सो अवसरमा साप्ताहिकले प्रेस काउन्सिल सञ्चालक समिति सदस्य गोविन्द चौलागाईँ, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, पत्रकार डा राजेश अहिराज, गायिका सेरिना कुँवर, साहित्यकार चन्द्रभूषण साहलगायतलाई सम्मान गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ भाद्र सोमबार  ७ : ४५ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण