२०८३, २५ श्रावण मंगलबार

भक्तपुरमा जुवा खालबाट काभ्रेका १० जना सहित १७ जुवाडे पक्राऊ

भक्तपुरमा जुवा खालबाट काभ्रेका १० जना सहित १७ जुवाडे पक्राऊ


भक्तपुर, १० भदौ महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवाखालबाट १७ जनालाई जुवाखालबाटै पक्राऊ गरेको छ । प्रहरी परिसर भक्तपुरले शनिबार यसबारे जानकारी दिँदै भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राऊ गरेको बताएको छ ।

पक्राऊ पर्नेमा काभ्रे बनेपा नगरपालिका–१ का ५७ वर्षीय अर्जुन दुवाल, काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ का ३५ वर्षीय चित्रबहादुर तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीका ६० वर्षीय हरिबहादुर थापा, सोही ठाउँका ४१ वर्षीय रवीन्द्र शाखकर्मी ४१, वर्षीय केदार शाखकर्मी, चानपा–८ सुडालका ५५ वर्षीय बलदेव घोरासैनी रहेका छन् । प्रहरीले जुवाखालबाट नगद रु ८६ हजार ७२० र ९ वटा तासको थानसमेत बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले सूर्यविनायक नगरपालिका–८ स्थित एक घरमा जुवातास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा घरबेटी भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ४५ वर्षीय विष्णु स्वानेपा, काभ्रे रोसी–९ बस्ने ४५ वर्षीय भोज तामाङ, सोही ठाउँका २३ वर्षीय निशान लामा, ३७ वर्षीय सूर्य लामा, ३३ वर्षीय ईन्द्र लामा, २६ वर्षीय आक्रोश तामाङ, काभ्रे नमोबुद्ध–९ बस्ने ३४ वर्षीय अमृत लामा, रामेछाप सुनपानी–४ बस्ने ३० वर्षीय नरभान तामाङ, काभ्रे मङ्गलटार–९ बस्ने ३९ वर्षीय अनिश लामा, काभ्रे तिमाल–७ बस्ने २७ वर्षीय योगेन्द्र लामा, सूर्यविनायक–८ बस्ने ३३ वर्षीय विशाल तामाङ रहेका छन् ।
जुवाखालबाट नगद रु ८४ हजार ९२५ सहित २१ थान तास बरामद गरेको पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १० भाद्र आईतबार  ९ : २१ बजे

ईभी किन्नेलाई एनएमबी बैंकको अफर, बेस रेटमै थप ०.५ प्रतिशतमा कर्जा

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै

डलर १५२ नाघ्यो, आज कुन विदेशी मुद्राको कति ? यस्तो छ राष्ट्र बैंकको दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ

एनएमबि बैंकले तोड्यो आफ्नै रेकर्ड, नाफा ४ अर्ब पार

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा नाफाको

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व

काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत्