२०८३, २५ आश्विन सोमबार

प्रदेश सरकारले गति लिन थाल्यो : मुख्यमन्त्री पौडेल

प्रदेश सरकारले गति लिन थाल्यो : मुख्यमन्त्री पौडेल


हेटौँडा, ८ भदौ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले जनअपेक्षा अनुसारको कामको गति लिन थालेको बताउनुभएको छ । प्रदेश सरकारले सम्पादन गरेका कार्यबारे जानकारी दिन आज मुख्यमन्त्री कार्यालय हेटौँडामा आयोति पत्रकार सम्मेलनमा मुख्यमन्त्री पौडेलले समयअघि सम्म कानूनको अभावका कारण काम गर्न समस्या भए पनि अब नमूना काम गर्दै प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश अन्तर्गतका सबै निकायलाई व्यवस्थित बनाउँदै उहाँले प्रदेश तहमा हालसम्म १४ वटा कानून प्रदेशसभाबाट पास भएको, पाँच वटा विधेयक प्रदेशसभामा दर्ता गरिएको, १२ विधेयकका लागि मन्त्रालयबाट सैद्धान्तिक सहमति तथा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति भएको र पाँच वटा कार्यविधि मन्त्रिपरिषद् स्वीकृत भई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

प्रदेश परियोजना बैङ्क निर्माण गर्न अध्ययन भइरहेको जानकारी दिँदै प्रदेशसभामा गत आवको चालू बजेट स्वीकृत गराएको र यस आवकोे प्रदेश सरकारको नीति, कार्यक्रम र बजेट पेश गरी पारित भएको बताउनुभयो । सरकारका तर्फबाट देवानी तथा फौज्दारी संहिता ऐन, २०७४ का सम्बन्धी जानकारी तथा छलफल गरिएको बताउँदै मुख्यमन्त्री पौडेलले मन्त्रालयहरुबाट यस आवको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा अघि बढेको जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश सरकारबाट बजेटमा व्यवस्था गरिएको स्थानीय तहका लागि सशर्त अनुदानको पहिलो किस्ता रकम निकासा गरिएको जानकारी दिँदै उहाँले प्रदेश सरकारका तर्फबाट पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण कार्य नबढेकाले सम्झौता खारेजीमा लैजाने प्रक्रिया शुरु गरेको बताउनुभयो । छरिएर रहेका बस्तीहरुलाई एकीकृत नमूना बस्ती विकासका लागि जग्गा प्राप्तिसम्बन्धी कार्य प्रारम्भ गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ७ : ३२ बजे

सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद : मापदण्डभन्दा प्रधानन्यायाधीशको रोजाइ हाबी भएको आरोप

काठमाडौं । सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गर्ने न्याय

चार देशका प्रस्तावित राजदूतलाई एउटै प्रश्न : राष्ट्रिय स्वार्थ जोगाउने चुनौती

काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका