२०८३, ९ असार बुधबार

प्रवक्ता विश्वकर्मालाई तीन दिनको म्याद थप, यस्तो छ अभियोग

प्रवक्ता विश्वकर्मालाई तीन दिनको म्याद थप, यस्तो छ अभियोग


नुवाकोट, भदौ ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले तीन दिनको म्याद थप गरेको छ ।जिल्ला अदालतले उनलाई तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

गत साउन ७ गते नुवाकोटको बेल्कोटगढी नगरपालिका वडा नम्बर–९ मा दुईओटा स्काभेटरमा चन्द समूहले आगजानी गरेको अभियोग उनीमाथि लगाइएको छ ।बिहीबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको मुद्दामा छाड्न आदेश दिएलगत्तै पक्राउ गरिएका उनलाई प्रहरीले उक्त मुद्दा लगाएको हो ।प्रहरीले उनलाई पक्राउ गरी बिहीबार राति नै नुवाकोट ल्याएको थियो ।

गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनका दुई स्काभेटरमा आगो लगाइएको थियो ।आगो लगाएका कारण एउटा जलेर पूर्णरुपमा क्षति भएको थियो भने अर्कोमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।तर, विश्वकर्माले भने आफ्नो संगठनको आगजनीमा कुनै हात नरहेको दाबी गर्दै आएका छन् । आफूलाई राज्यसंयन्त्रले फसाउन खोजेको आरोप उनको छ ।विश्वकर्मालाई शुक्रबार जिल्ला अदालत नुवाकोटमा पेस गरिएको थियो

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ५ : ४६ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि