२०८२, १० फाल्गुन आईतबार

कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क, एकै दिन ६१९ मृत्तक थप्दा २,६८२ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क, एकै दिन ६१९ मृत्तक थप्दा २,६८२ पुग्यो


काठमाडौं, १२ फागुन :  सरकारले नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको तथ्याङ्क सच्याएको छ । सरकारले एकै दिन नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको संख्या बुधबार ६१९ जना देखाएको छ ।

नेपाली सेनाले यसअघि नै थप एक हजार भन्दा बढी कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गरेको जनाएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार मात्रै ६१८ जनाको संख्या थपेको हो । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मात्र मृत्यु भएको छ । सेनासँगको तथ्याङ्कसँग रुजु गरेको धेरै समय भए पनि स्वास्थ्य मन्त्रालयले बुधबार मात्र ६१८ जना मृतक थपेको हो ।

पहिले विभिन्न समयमा छुटेकाहरुलाई समेटेर अंक मिलाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनले मृतक मिलान गरेसँगै सक्रिय संक्रमितको संख्या पनि घटाइएको बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २,६८४ पुगेको छ ।

त्यसैगरी सक्रिय संक्रमित एकै पटक ६१८ जना घटाएर ९३७ पुर्‍याइएको छ । डा. गौतमले पुसदेखि भने मृतकको संख्यामा समस्या नभएको बताएका छन् । यता बुधबार ३ हजार ६९२ पीसीआर परीक्षणबाट ९४ संक्रमित थपिँदा ७१ जना मात्र संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

प्रकाशित मिति : २०७७, १२ फाल्गुन बुधबार  ७ : २२ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला