२०८२, १२ पुस शनिबार

नेपाल पहिलो अभ्यास खेलमा ६७ रनले विजयी

नेपाल पहिलो अभ्यास खेलमा ६७ रनले विजयी


काठमाडौं, भदौ ६ । श्रीलंकामा एसिया कप क्रिकेट छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ ।श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले ८९ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले ११८ बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतले ८९ रन जोडेका थिए ।त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले २१, सुवास खकुरेल १०, रोहितकुमार पौडेलले १२, विनोद भण्डारीले १६, ललित भण्डारीले ११ र वसन्त रेग्मीले १६ रन बनाए ।१९५ विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको श्रीलंका आर्मी स्पोर्ट्सले ३६.१ ओभरमा १२७ रन बनाउँदा सबै विकेट गुमायो ।

श्रीलंका आर्मी स्पोर्ट्सलाई १२७ रनमै सीमित गर्नेक्रममा सोमपाल कामी र वसन्त रेग्मीले समान ३/३ तथा दीपेन्द्रसिंह ऐरीले २, ललित भण्डारी र ललितनारायण राजवंशीले एक/एक विकेट लिए ।नेपालले दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग तथा अन्तिम अभ्यास खेल श्रीलंकाको कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ ।यही भदौ ११ गते नेपाली टोली श्रीलंकाबाट मलेसिया प्रस्थान गर्ने टोली व्यवस्थापक रकम शिवाकोटीले जानकारी दिए ।
-रासस

प्रकाशित मिति : २०७५, ६ भाद्र बुधबार  ९ : ४४ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको