२०८३, २९ भाद्र मंगलबार

धुलिखेल काभ्रेकै पहिलोे बालमैत्री नगरपालिका घोषणा

धुलिखेल काभ्रेकै पहिलोे बालमैत्री नगरपालिका घोषणा


धुलिखेल ५ फागुन धुलिखेल नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ । धुलिखेल नगरपालिका नेपालको छैठौँ, वागमती प्रदेशको तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगर बन्न सफल भएको हो ।

नगरपालिकाको ३५ औँ स्थापना दिवसको अवसर पारेर बुधबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतमले बताउनु भयो । बालमैत्री नगरपालिका नाममा मात्र सिमित नगर्नको लागि नगरपालिकाले विभिन्न रणनितिक योजना पनि बनाएको छ ।

बालमैत्री नगरपालिका बनाउने अभियानलाई विभिन्न संघसंस्थाहरुले समेत सहयोग गरेको थियो । नगरपालिकालाई बालमैत्री बनाउन पछिल्लो समय बालमैत्री स्थानीय शासन अन्तर्गतका ३९ सुचक मापन कार्यलाई तिव्रता दिइएको थियो ।

नगरपालिकाले बाल अधिकार सुनिश्चितताको लागि सबै वडामा बाल मैत्री संरचना र उद्यान निर्माण गरेको छ । नगरपालिकालाई बालमैत्री बनाउन सुरु गरिएको ४ बर्ष पछि मात्र सफल भएको नगरपालिकाकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ५ फाल्गुन बुधबार  ७ : ३५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक