२०८३, १५ श्रावण शनिबार

जोशी दम्पतीले गरे मरणोपरान्त शरीर दान

जोशी दम्पतीले गरे मरणोपरान्त शरीर दान


काठमाडौं ३० माघ । संस्कृतिविद् सत्यमोहन जोशी दम्पतीले मरणोपरान्त शरीर दानको घोषणा गरेका छन् । नइ प्रकाशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि आ–आफ्ना शरीर दानको घोषणा गरी ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई दान गरेको घोषणा गरेका हुन् ।

जोशीले चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना दीर्घ जीवनका साथै शरीरका विभिन्न अङ्गका अध्ययन गर्ने अवसर पाउन भनी दान गरेको बताए । उनले भने, “म चाहान्छु, यती लामो उमेरसम्म कसरी र के कारणले मेरो शरीर स्वस्थ्य रह्यो भन्ने कुराको अनुसन्धान होस् ।”

मेडिकल कलेजलाई लेखिएको मञ्जुरी पत्रमा १०१ वर्षीय शताब्दी पुरुष जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षर रहनाका साथै उहाँहरुका छोरा अनुराज जोशीसमेतको सहमतिको हस्ताक्षर गरिएको छ ।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ११ : ०० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने