२०८२, ११ पुस शुक्रबार

काभ्रेमा कोभिड १९ विरुद्धको खोप दिन थालियो

काभ्रेमा कोभिड १९ विरुद्धको खोप दिन थालियो

आज २ सय ९३ जनाले खोप लगाए


धुलिखेल १४ माघ :   काभ्रेमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान आजबाट शुरु गरिएको छ ।

जिल्लाको धुलिखेल सामुदायिक अस्पातालमा कोभिडशिल्ड नामक खोप जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झालाई खोप लगायर खोपको शुभारम्भ गरिएको हो । डा. झासँगै धुलिखेल अस्पतालमा कार्यरत डा. राजेन्द्र कोंजू र रमेश मकाजुलाई पनि खोप दिइएको कोरोना नियन्त्रण रोकथाम र व्यवस्थापन कमाण्ड पोष्टका सचिव समेत रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले बताउनु भयो ।

डाक्टर झाका अनुसार सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र शव व्यवस्थापनका लागि खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाईकर्मी गरी २९३ जनालाई धुलिखेल अस्पतालमा खोप लगाइएको छ ।
पहिलोचरणमा धुलिखेल अस्पतालबाट धुलिखेल, पाँचखाल, बनेपा, मण्डनदेउपुर, पनौती नगरपालिका र खानीखोला गाउँपालिकामा कोभिड–१९ भाइरस नियन्त्रणमा खटिएका २९ सय १० जनालाई खोप दिने तयारी भएको छ । कोभिडशिल्ड खोप ४ दिनभित्रमा लगाइसक्ने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दोस्रोचरणमा मेथिनकोट अस्पतालबाट नमोवुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिकामा कारोना नियन्त्रणका लागि खटिएका ५ सय ६७ जनालाई आगामी माघ १६ गतेबाट खोप दिन शुरु गरिने भएको छ । जिल्लामा अहिले ३९० कोभिशिल्ड भाइल आएको छ ।

यसबाट ३९ सय जनालाई नै यो खोप लगाउन सकिने छ । खोप लगाएको ४ हप्तापछि फेरि लगाईसकिएका तिनै व्यक्तिहरुलाई दोहो¥याएर लगाउनु पर्नेछ ।

प्रकाशित मिति : २०७७, १४ माघ बुधबार  ५ : ४६ बजे

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त