२०८३, २९ भाद्र मंगलबार

काभ्रेको कोशीपारीमा खुल्यो ‘मादनकुँडारी होमस्टे’

काभ्रेको कोशीपारीमा खुल्यो ‘मादनकुँडारी होमस्टे’

होमस्टेमा चौरीखोलाको लोकल माछा लोकल कुखुरा, गुन्द्रुकको अचार, सिस्नु, कोदाको ढिँडा, रोटी, दूधदही , लोकल रक्सी खाना पाइन्छ


धुलिखेल १२ माघ :   काभ्रेको कोशीपारी क्षेत्रमा सुविधा सम्पन्न मादनकुँडारी होमस्टे संचालनमा आएको छ ।

चौरीदेउराली गाउँपालिका वडा नं ७ मादन ग्याङडाडामा गाउँपालिकाकै पहिलो चार कोठाको सुविधा सम्पन्न मादनकुँडारी होमस्टे संचालनमा आएको हो ।
कोशीपारी क्षेत्रलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न होमस्टे संचालनमा ल्याएको चौरीदेउराली होमस्टे संचालन समितिका संयोजक ज्ञानबहादुर लामाले बताउनु भयो ।

होमस्टे सञ्चालक समते रहेनुभएका लामाका अनुसार गाउँमा आउने पाहुनाले तामाङ सँस्कृति डम्फु, झाँक्री, लामा, तामाङ सेलो नाच पनि हेर्न पाउनेछन् । गाउँघरमा चलिआएको झ्याउरे, दोहोरी, ठाडो भाका लगायतका मनोरञ्चनात्मक कार्यक्रम मादन होमस्टेमा हेर्न पाइन्छ ।

मादन होमस्टेमा पुगेपछि आर्ग्यानिक अन्नको साथमा चौरीखोलाको लोकल माछा लोकल कुखुरा, गुन्द्रुकको अचार, स्थानीय ठाउँमै पाईने सिस्नुसंग कोदाको ढिँडा, रोटी, दूधदही , लोकल रक्सी खान पाइन्छ ।

होमस्टेमा सम्मा पुग्न राजधानी काठमाडौबाट ८२ किलोमिटर मोटरबाटो यात्रा गर्नुपर्छ । होमस्टे पुगेपछि गौरीशंकर, लाङटाङ दोर्जेलाक्पा हिमालका हिमश्रृङ्खलाहरु विहानको सूर्याेदयसंगै सजिलै अवलोकन सकिन्छ । साथमा सुनकाशीे नदी, शैलुङ तेमाल महाभारत लेक लगायतका ठाउँहरु अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७७, १२ माघ सोमबार  ९ : ४८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक