२०८३, १३ बैशाख सोमबार

बेथानचोकमा बम विष्फोट, बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज

बेथानचोकमा बम विष्फोट, बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज


काभ्रेपलाञ्चोक, १० माघ  :  काभ्रेपलाञ्चोकको बनेपामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोजल गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको हो । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य शुरु गरेको थियो । बिहान ३ बजेदेखि अहिलेसम्म ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

अन्य स्थानमा पनि बम राखिएको हुनसक्ने तर बाक्लो हुस्सु लागेको कारण खोज्न कठिनाई भएको प्रहरीले जानकारी दिएको छ । विप्लव समूहले आफ्ना केन्द्रीय समिति सचिवालयका कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेका छ । यसै क्रममा हिजो साँझ काभ्रेको बेथानचोकमा बम विष्फोट भएको थियो ।

प्रकाशित मिति : २०७७, १० माघ शनिबार  ८ : ३१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले