२०८२, ३० चैत्र मंगलबार

अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनको आज शपथ

अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनको आज शपथ

टम्प नजाने, संसद् भवनमा कडा सुरक्षा


काठमाडौं, ७ माघ : अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज ९जनवरी २० तारिख० ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नव निर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन् । यस पटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन । यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन् । त्यो पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर । अर्को कुरा यो नै पहिलोपटक हो, आफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरेको हो । किनकि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेर पनि सहज रूपमा स्वीकारेनन् भने आफ्ना समर्थकद्वारा हालै अमेरिकी संसद् भवनमै आक्रमण गरा ए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्यु समेत भयो ।

यसैकारण बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् । अमेरिकाको सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डोनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन् ।

के–के हुन्छ शपथ ग्रहणमा ?

–चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउने छन् । त्यसपछि बाइडेनले भाषण दिनेछन् । उनले मतदातालाई धन्यवाद दिनेछन् । यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन् ।

–शपथअघि विश्व चर्चित गायिका लेडी गागाले राष्ट्रिय गान गाउने छिन् । राष्ट्रपतिको शपथ कार्यक्रममा जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कने छन् । ह्वाइट हाउस र क्यापिटल हिलबीचको दूरी दुई किलोमिटर छ । एजेन्सी

प्रकाशित मिति : २०७७, ७ माघ बुधबार  ७ : ३८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४