२०८३, २९ जेष्ठ शनिबार

नेकपा काभ्रेले छान्यो नेतृत्व अध्यक्षमा सूर्यमान दोङ र सचिवमा नारायण पाण्डे जिल्ला कमिटी नामवली सहित

नेकपा काभ्रेले छान्यो नेतृत्व अध्यक्षमा सूर्यमान दोङ र सचिवमा नारायण पाण्डे जिल्ला कमिटी नामवली सहित


बनेपा । पार्टी एकताका लागि पटक–पटक मिति तोक्दै आएको नेकपाको पार्टी केन्द्रले तोकिएको मितिलाई सारेर फेरि भोली ७ गतेभित्र केन्द्रमा पठाउन देशभरका जिल्ला नेताहरुलाई निर्देशन दिएको छ ।

नेकपा काभ्रेले जिल्ला कमिटीमा रहँनेहरुको नामावलीलाई केन्द्रमा पठाएको  छ ।  एकतामा पार्टी अध्यक्ष पाएको पूर्व माओवादी केन्द्रले ४७ प्रतिशत र पार्टी सचिव पाएको पूर्व एमालेले ५३ प्रतिशत जिल्ला कमिटी सदस्य प्राप्त गरेका छन् । जसअनुसार एमालेको भागमा ७७ जना र माओवादीको भागमा ६८ जनाले प्रतिनिधित्व गर्ने प्रस्तावित अध्यक्ष सूर्यमान दोङले बताए । पार्टीलाई जिल्ला तहमा एकीकरण गर्नका लागि जिल्ला र प्रदेशमा छुट्टाछुट्टै कार्यदल बनाइएको छ नेतृत्वलाई सर्वसम्मत बनाउनका लागि विगत एकसातादेखि जिल्ला नेताहरु काठमाडौंमा केन्द्रित भई व्यस्त रहेका थिए । काभ्रेमा १ सय ४७ जना जिल्ला कमिटी बनेको छ । त्यसमध्ये ४९ जनासम्मको जिल्ला सचिवालय बन्नेछ भने ७ जनाको अर्को छुट्टै कार्यालय टिम समेत गठन हुनेछ ।

जसमा एमालेबाट ४ र माओवादीबाट ३ जनाले प्रतिनिधित्व पाउनेछन् । जिल्ला अध्यक्षका लागि पूर्व एमालेबाट रामहरी सुवेदीले  र नारायण पाण्डे  दावी गर्दै आएका थिए । तर केन्द्रीय कमिटीमा समावेश नभएको लालध्वजलाई अघि सारिएपछि एमालेमा सचिवको जिम्मेवारीमा रहेका पाण्डेलाई सचिवमा नै कायम गरिएको छ । काभ्रेमा एमालले नेतृत्व पाउने भनिए पनि माओवादीले अध्यक्ष प्राप्त गरेपछि एमालेले सिन्धुपाल्चोकमा अध्यक्ष पाउने निश्चित भएको छ ।  पार्टी एकताले खुसी देखिएका कार्यकर्ताहरुमा केन्द्र र जिल्ला तहसम्मको एकता प्रकृयालाई पूर्णता दिने क्रममा भने आफूहरु कमिटीमा नपरेपछि नेतृत्वको आलोचना गर्दै निराशा व्यक्त गरिएका छन् । कमिटीमा परेकाहरुलाई कार्यालय टिम र सचिवालयको चिन्ता छ ।

                                    नेपाल कम्युनिष्ट पार्टी काभ्रे जिल्ला कमिटीको नामवली

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  १० : ५७ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको