२०८३, १५ जेष्ठ शनिबार

ग्रीसद्वारा जमानतको यात्राको अन्त्य भएको घोषणा

ग्रीसद्वारा जमानतको यात्राको अन्त्य भएको घोषणा


एथेन्स, ग्रीस, ५ भदौ: ग्रीसले जमानतको लामो यात्राबाट मुक्ति पाएको प्रधानमन्त्री अलेक्सिस सिप्रासले मङ्गलबार बताउनुभएको छ । ग्रीसको आर्थिक सङ्कट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकम उहाँ भन्नुभयो, “अब हामीले आठ बर्ष लामो पीडादायी जमानतको यात्रा पार गरेका छौँ ।” इओनियाली टापू इथाकामा टेलिभिजन प्रसारणका लागि रेकर्ड गरिएको भिडियोमा उहाँले थप्नुभयो, “आजको दिन ऋणबाट मुक्तिको दिन हो तर यो नयाँ युगको सुरुवात पनि हो ।” इथाका टापू ग्रीक कवि होमरको प्रसिद्ध अभिनेता युलिसेसको घर भएको विश्वास गरिन्छ ।

सिप्रासको भाषणमा होमरको महाकाव्यमा वर्णन भएका दैत्य तथा दुःख सम्बन्धी प्रशस्त उद्धरणहरूलाई समावेश गरिएको छ । ग्रीसको तेस्रो र अन्तिम आर्थिक सहायता कार्यक्रम अन्त्य भएको भोलिपल्ट ग्रीक प्रधानमन्त्री सिप्रासले बताउनुभयो, हाम्रो देशले आफ्नो भाग्य तथा भविष्यको निर्णय लिने अधिकारलाई पुनः प्राप्त गरेको छ । ग्रीसले आधुनिक कालको ‘अडिसी’ (ग्रीक पुराणमा वर्णन भएको ग्रीकहरूको सङ्कटको कथा जुन आठौँ इशापूर्वमा ग्रीसले सामना गरेको विश्वास गरिन्छ) को सामना गर्दै अघि बढेका छौँ ।

सेतो शर्टमा सङ्कटको सामना गरिरहेको व्यक्तिजस्तै टापूमा रहेको चट्टानमाथि उभिएरै रेकर्ड गरिएको भाषणमा उहाँले सङ्कट मोचनका लागि ग्रीसले करिब ७५ अर्ब अमेरिकी डलर ऋण लिएको बताउँदै उक्त समयमा लामो तथा स्थिर खालको सङ्कटको सामना गरेको स्मरण गर्नुभयो । सङ्कटबीच नेतृत्व सम्हालेका ४४ बर्षीय प्रधानमन्त्रीले भन्नुभयो, गत महिनामा करिब १०० जनाको मृत्यु हुनेगरी लागेको डढेलोपूर्व ग्रीसले आफूलाई गरीबीको रेखाबाट उठाउने अभ्यास गरिरहेको जनाउँदै उक्त डढेलो राज्यलाई पुनः पीडा दिएको बताउनुभयो ।

सङ्ख्यामा प्रतिपक्षीभन्दा दश सदस्य बढी रहेको अनुदारवादी समूहद्वारा पिछा गरिरहेका सिप्रासले आगामी दिनमा मन्त्री परिषद्को पुनर्गठन गर्ने योजना ल्याएको चर्चा भएपनि सम्बोधनमा उहाँले यसबारे केही बताउनुभएन । निर्वाचनको समय आउन अझै एक बर्षभन्दा बढी रहेका समय प्रधानमन्त्रीले सन् २०१९ को शुरुमा नै निर्वाचन गर्ने योजना रहेको अनुमानहरू व्यक्त गर्न थालिएको छ ।

ग्रीसले जमानतको लामो यात्राबाट औपचारिक रूपमा सोमबारदेखि छुटकारा पाएको बताइएपनि आर्थिक विश्लेषकहरूले अझै ग्रीसको सङ्कट पूर्णरूपमा अन्त्य भैनसकेको बताउँदै आएका छन् । यूरोपेली संघ, यूरोपेली केन्द्रीय बैंक तथा अन्तराष्ट्रिय मुद्रा कोषले ऋणले सङ्कटग्रस्त ग्रीसलाई सन् २०१०, २०१२ र २०१५ मा गरी तीन चरणमा ३ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएर आर्थिक सङ्कट टार्न सहयोग गरेका थिए ।

सम्बोधनमा प्रधानमन्त्री सिप्रासले भन्नुभयो, ग्रीस अब जमानतबाट गुज्रने दिनको अन्त्य भएको छ र उक्त अवधिमा भएका त्यागले ग्रीसको प्रजातन्त्रलाई परीक्षण गरेको र सफलता दिलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब ग्रीस कहिल्यै पनि घाटा र आर्थिक सङ्टतर्फ धकेलिने छैन ।” सिप्रासले इथाका टापूमा गएर गरेको सम्बोधन सन् २०१० मा प्रधानमन्त्री रहेका जर्ज पापान्द्रेउले गरेको अभ्यासको पुनरावर्तन हो । उक्त समय तत्कालिन प्रधानमन्त्री पापान्ड्रेउले ग्रीकहरूले नयाँ अडिसीको सामना गरिरहेको बताउनुभएको थियो ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ९ : १२ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण