२०८३, १५ श्रावण शनिबार

१२० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने बाइडेनको घोषणा

१२० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने बाइडेनको घोषणा


काठमाडौं, १५ पुस :  नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलाचेना गरेका छन् । ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड सर्वसाधारणलाई खोप लगाउने लक्ष्य लिए पनि सो अनुसार काम नगरेको आरोप लगाएका छन् ।

बाइडेनले ट्रम्प प्रशासनको लक्ष्यभन्दा आधा कमले मात्र पहिलो चरणको खोप लगाएको दावी गरे । उनले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको टिप्पणी गरे ।

बाइडेनले आगामी जनवरी २० मा पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गरेका छन् । आफ्नो घोषणा अनुसार काम गर्न हालको प्रशासन इच्छुक नरहेको बाइडेनको आरोप छ । उनले आफ्नो लक्ष्य पूरा गर्न हाल उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले वृद्धि गर्नुपर्ने दावी गरे । एजेन्सी

प्रकाशित मिति : २०७७, १५ पुस बुधबार  ८ : २७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने