२०८३, १३ बैशाख सोमबार

‘कांग्रेस अदालतको निर्णय मान्न तयार छ’ : सभापति देउवा

‘कांग्रेस अदालतको निर्णय मान्न तयार छ’ : सभापति देउवा


काठमाडौं, १३ पुस  :  प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयलाई लिएर कांग्रेसले अदालतलाई धम्क्याउने र तर्साउने काम नगर्ने बताएका छन् ।

संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको बताउँदै सभापति देउवाले अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताए । तर यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने बताए ।

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले भने, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’

कम्युनिष्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको भन्दै देउवाले भने, ‘तै पनि कति कुराहरुमा अदालतले स्वविवेकीय निर्णय गरेको छ । त्यसैले हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौं ।’

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ८ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले