२०८३, ११ श्रावण मंगलबार

कोरोना खोप तीन चरणमा ल्याउने तयारी, भण्डारण क्षमता कमी, बजेट अभाव

कोरोना खोप तीन चरणमा ल्याउने तयारी, भण्डारण क्षमता कमी, बजेट अभाव

दुईवटा प्रदेशमा सामान्य चिस्यान पनि छैन


काठमाडौं, १३ पुस :  सरकारले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप ल्याउने तयारी सुरु गरेको भए पनि भण्डारण क्षमता मात्रै होइन, बजेट पनि अभाव देखिएको छ । सबै देशवासीका लागि खोप ल्याउन ४८ अर्ब लाग्ने भए पनि अहिलेसम्म कोषमा २० करोड मात्रै जम्मा भएको छ ।

कोरोना खोप तीन चरणमा ल्याउने तयारी छ । पहिलो चरणमा तीन प्रतिशत नागरिकलाई लगाउने लक्ष्य लिएको छ । तर, यही खोप पनि सामान्य चिस्यानमा राख्ने भण्डारण क्षमता छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार सामान्य चिस्यानमा राखिने खोप ९दुईदेखि आठ डिग्री सेन्टिग्रेड० भण्डारण क्षमतासमेत सबै प्रदेशमा छैन । प्रदेश २ र कर्णाली प्रदेशमा सामान्य चिस्यानमा राखिने खोप भण्डारण क्षमता पनि नभएको देखिएको छ ।

अहिले अन्यको तुलनामा फाइजरको खोप निकै अगाडि देखिएको छ । तर, यसको भण्डारण क्षमता नेपालमा सम्भव नभएको स्वास्थ्य अधिकारी बताउँछन् । यो अत्यन्त चिस्यान भण्डारण क्षमता माइनस ७० डिग्री सेन्टिग्रेडमा राख्नुपर्छ । तर, यो नेपालमा भण्डारण गर्ने क्षमता छैन । यसका लागि सबै तहमा सम्पूर्ण रूपले भण्डारण बनाउनुपर्ने भएकाले अहिलेको अवस्थामा फाइजरको खोप ल्याउन नसकिने स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ ।

परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमका अनुसार सामान्य भण्डारणको व्यवस्थापन गर्दा दुईदेखि आठ डिग्रीसम्म र माइनस २० डिग्री सेन्टिग्रेडको खोप भण्डारणमा समस्या आउँदैन । ‘तर, माइनस ७० डिग्री सेन्टिग्रेटको भण्डारण भने तत्काल सम्भव देखिएको छैन,’ डा। गौतमले भने ।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई कोभिडविरुद्धको खोप लगाइनेछ । जसमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति छन् । उनीहरूका लागि १८ लाख ४२ हजार नौ सय ५१ भायल खोपको सामान्य भण्डारण गर्नुपर्नेछ । तर, दुईवटा प्रदेशमा सम्भव छैन ।

खोप शाखाका अनुसार अहिले प्रदेश २ र कणालीबाहेकका प्रदेशमा दुईदेखि आठ डिग्रीसम्म र माइनस २० डिग्री सेन्टिग्रेटको सामान्य भण्डारण क्षमता छ । त्यस्तै, दोस्रो चरणमा कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनामा खोप लगाइनेछ । जसमा रोगको उच्च घातक दरका भएका ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका दीर्घरोगी र दीर्घरोग भएका प्रवासी कामदार छन् ।

उनीहरूका लागि एक करोड चार लाख ४३ हजार एक सय ८५ डोज आवश्यक पर्छ । दोस्रो चरणको खोप पनि प्रदेश २ र कर्णालीमा व्यवस्थापन गरेमा भण्डारणका लागि खासै समस्या नभएको खोप शाखाले जनाएको छ । तर, तेस्रो चरणमा खोप लगाउनुपर्ने जनसंख्यालाई दुई समूहमा वर्गीकरण गरिएको छ । पहिलो समूहमा ४० देखि ५४ वर्षसम्मका सबै नागरिक ९।५५ प्रतिशत अर्थात् २९ लाख एक हजार एक सय चारजना छन् ।

उनीहरूका लागि ५८ लाख ६६ हजार ६ सय १३ डोज खोप चाहिन्छ । अर्को समूहमा १५ देखि ३९ वर्ष उमेरका सबै नागरिक ४२।०७ प्रतिशत अर्थात् एक करोड २७ लाख ८० हजार ४८ जनाका छन् । उनीहरूका लागि दुई करोड ५८ लाख ४३ हजार आठ सय १३ डोज भ्याक्सिन आवश्यक पर्छ । तेस्रो चरणको खोप भण्डारणका लागि भने भण्डारण क्षमता अपुग रहेको छ ।

खोप ल्याउन ४८ अर्ब लाग्ने, कोषमा २० करोड मात्रै जम्मा

सरकारले खोप पाएको खण्डमा तीन चरणमा लगाउने कार्ययोजना बनाएको छ । पहिलो चरणमा कोभ्याक्स सुविधाअन्तर्गत सहुलियत मूल्यमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई लगाइनेछ । उनीहरूका लागि १८ लाख ४२ हजार नौ सय ५१ भायल ल्याउन ८९ करोड ९९ लाख ३१ हजार सात सय आठ रुपैयाँ लाग्नेछ । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई लगाइनेछ ।

दोस्रो चरणमा जसमा रोगको उच्च घातक दरका भएका ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका दीर्घरोगी र दीर्घरोग भएका प्रवासी कामदार गरी १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनालाई खोप लगाइनेछ ।

उनीहरूका लागि एक करोड चार लाख ४३ हजार एक सय ८५ डोज आवश्यक पर्नेछ । यसका लागि पाँच अर्ब नौ करोड ९६ लाख १२ हजार ६ सय ६१ रुपैयाँ लाग्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो र दोस्रो चरणमा कोभ्याक्स सुविधा र विश्व बैंकबाट सहयोग हुनेछ भने यसमा ६ अर्ब तीन करोड २७ लाख ७५ हजार एक सय ५२ रुपैयाँ लाग्नेछ ।

त्यस्तै, तेस्रो चरणका लागि पहिलो समूहमा ४० देखि ५४ वर्षसम्मका सबै नागरिक ९।५५ प्रतिशत अर्थात् २९ लाख एक हजार एक सय चारजना छन् । उनीहरूका लागि ५८ लाख ६६ हजार ६ सय १३ डोज आवश्यक पर्नेछ । त्यसका लागि सात अर्ब ९१ करोड ८५ लाख ६ हजार ३५ रुपैयाँ लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तेस्रो चरणमै अर्को समूहमा १५ देखि ३९ वर्षसम्मका ४२।०७ प्रतिशत अर्थात् एक करोड २७ लाख ८० हजार ४८ जनालाई खोप लगाइनेछ । उनीहरूका लागि दुई करोड ५८ लाख ४३ हजार आठ सय १३ डोज भ्याक्सिन आवश्यक पर्छ । यसका लागि ३४ अर्ब ८८ करोड २८ लाख ८४ हजार सात सय एक रुपैयाँ लाग्नेछ ।

कोभ्याक्स सुविधामा नपरेका ५१।६२ प्रतिशत जनताका लागि खोप ल्याउन ४२ अर्ब ८० करोड १३ लाख ९० हजार सात सय ३६ रुपैयाँ खर्च लाग्नेछ । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका अनुसार कोभ्याक्स सुविधामा परेका र नपरेकाका गरी सबैका लागि खोप ल्याउन नेपालले ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार आठ सय ८९ रुपैयाँ लक्षित खर्च लाग्ने अनुमान गरेको छ ।

सरकारले कोरोना भ्याक्सिन खरिद गर्न स्थापना गरेको कोरोना कोषमा २० करोड रुपैयाँ मात्रै जम्मा भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४८ अर्ब ८३ करोड ४२ लाख ६५ हजार आठ सय ८९ रुपैयाँ आवश्यक छ । कोषमा रकम जम्मा नभएपछि स्वास्थ्य मन्त्रालयका अधिकारी तनावमा देखिएका छन् । हालै स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । कोरोना कोषमा तत्काल पाँच अर्ब जम्मा गर्न प्रस्ताव पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ७ : २१ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि